नेपाल आइडल–२ को फाइनल काठमाडौंमै हुने, को बन्ला आइडल ?

119 Hits

काठमाडौं, १ पुस
बहुचर्चीत र युवाहरुले अत्यन्त रुचाइएको नेपाल आइडल–२ को फाइनल काठमाडौंमै हुने भएको छ । काठमाडौं र पोखरामध्ये एक ठाउँमा हुने भनिएको सो फाइनल इभेन्ट काठमाडौंको नेपाल इन्जिनियरिङ क्याम्पस पुल्चोकमा हुने पक्का भएको हो ।
कार्यक्रमका प्रोजेक्ट हेड सुरेश पौडेलका अनुसार आउँदो ६ गते शुक्रबार नेपाल आइडल विजेता घोषणा हुने छ । साथै उनले यसपटकको नेपाल आइडलमा उत्कृष्ट चारबाट नै विजेता घोषणा गरिने जानकारी दिए ।

एपीवान टेलिभिजनबाट प्रसारण भइरहेको उक्त कार्यक्रममा फाइनलमा चार प्रतिस्पर्धी रहेका छन् । जसमा पोखराका विक्रम बराल, झापाका सुमित पाठक र अस्मिता अधिकारी तथा धनगढीका रवि ओड छन् । जसमध्ये विक्रम र सुमित गोल्डेन माइक विजेता प्रतियोगी हुन् ।

‘नेपाल आइडल’ सिजन–२ का विजेताले २० लाख नगद, एउटा होन्डा डब्लूआर–भी कार, एउटा गीति एल्बमको सम्झौता र वल्र्ड टुर अथवा ५० लाख नगद, एउटा एल्बमको सम्झौता र वल्र्ड टुर मध्ये एक रोज्न पाउने छन् ।

‘मन जित्छ उसले राम्रो गाउँछ जसले’ नाराका साथ सुरु भएको नेपाल आइडल–२ गत साउन २४ देखि सुरु भएको हो ।
यस पटक पोखराका विक्रम बराल सबैभन्दा दावेदार देखिएको एक सर्वेक्षणले दोखाएको छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी