सुसासन र समृद्धि (कविता)

210 Hits

खेमराज अाचार्य

पाेखरा , २८ मंसिर –

खेमराज अाचार्य

सुशासनको प्रमाणपत्र पाएर पो के भो ?
समृद्धिको भजन सँधै गाएर पो के भो ?

हरेक विहान सुन्नुपर्छ बलत्कारको खबर
आयोग गठन गरि जिम्मा लाएर पो के भो ?

न्याय माग्दै आमाहरुले सडक तताउँदा
राष्ट्रपतिको श्रीपेच तिम्ले लाएर पो के भो 

भ्रष्टाचार र अपराधको साँचो सरकारसँग
न्यायका लागि अदालत धाएर पो के भो ?

सिटामलको अभाव आज पनि उस्तै छ त
समृद्धिको भजन सधै गाएर पो के भो ?

कम्युनिष्टको खोलभित्र धर्मको व्यापार कत्रो
समाजबादको चर्को नारा लाएर पो के भो ?

सुशासनको प्रमाणपत्र पाएर पो के भो ?
समृद्धिको भजन सँधै गाएर पो के भो ?

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी