“नयनकाे बलेसीबाट”(कविता)

116 Hits

यादहरुकाे
बाछिटाहरूले
रूझाएकाे
याे मनकाे दलिन
पवनकाे झाेक्काले कतै
गर्ल्यामगुर्लुम ढल्ने त हाेेइन ?
यही सवाल बारम्बार
नाँचिरहन्छ मेराे मानसपटलमा
अनि,
बिछाेडकाे सिरेटाेले
कठ्याङग्रीएकाे याे तनकाे बादल
नयनकाे बलेसीबाट
अाँसुकाे बर्षा भएर
बर्षीरहेछ लगातार

त्यही बर्षामा
निथ्रुक्क भिज्दै
यसपल म
एक्लै- नितान्त एक्लै
सम्झनाकाे पहाड छिचोल्दै
त्याे क्षितिजमा पुग्ने संकल्प बाेकि
बढीरहेछु अबिरल
किनकि
यश पंक्तिकारलाई लागिरहेको छ
कतै
त्याे क्षितिजबाट
मेराे पिरतीकाे सगरमाथा
अाफ्नाे समीपमा देख्न पाउँछु कि ???
लेवनानबाट 

एच पि मगर 



Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी