पुस ५ गतेसम्मका लागि स्थगित संवैधानिक परिषद्को बैठक आजै किन बोलाइयो? यस्तो छ कारण

109 Hits

काठमाडौँ । पुस ५ गतेसम्म स्थगित भनिएको संवैधानिक परिषद्को बैठक रातारातको निर्णयपछि बुधबार बिहान डाकिएको छ । बुधबार बिहान ९ बजेको बैठकमा पनि सयम अभाव देखाउँदै कांग्रेस सभापति शेरबहादुर देउवा उपस्थित नभएपछि बिहीबार बिहान ११ बजे बस्ने गरी बैठक स्थगित गरिएको हो ।

बैठकबाट बाहिरिँदै राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले भने ‘बैठक बिहीबार ११ बजेसम्मको लागि स्थगित गरिएको छ ।’ रातारातको निर्णयले पुस ५ को लागि सारिएको बैठक आजै डाकिएर पर्न गएको असुविधामाथि अध्यक्ष तिमल्सिनाले क्षमा मागेका छन् ।

न्यायपरिषद्ले वरिष्ठ दुई न्यायाधीश प्रस्ताव गरेको दुई साता बित्दासमेत संवैधानिक परिषद्ले भावी प्रधानन्यायाधीश सिफारिस गर्न सकेको छैन । छलफलका लागि संवैधानिक परिषद्को बैठकसमेत बस्न सकेको छैन । प्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दलका नेताको कार्यव्यस्तता देखाउँदै लगातार बैठक स्थगित भएको छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी