कुञ्ज थियटरमा ‘लिलामे माइलो’ हेर्ने दर्शकको ओइरो

134 Hits

रीता बुढाथोकी

काठमाडौँ । पछिल्लो समय नेपाली रंगमञ्चमा भविष्य खोज्ने कलाकारको संख्या ह्वात्तै बढेको छ । यससंगै नाटक हेर्ने दर्शकको संख्या पनि बढ्न थालेको छ । त्यसो त, आजकाल नाटक देखाइने नाट्यघर (थियटर)को कुनै कमी छैन । राजजधानीमा मात्रै करिव आधा दर्जन थियटर संचालनमा छन् । ती मध्ये राजधानीको बिजुलीबजार स्थित थापागाँउमा संचालित कुञ्ज थिएटर पनि एक हो । सुरुवातदेखि दर्शकको मन जित्दै आएको कुञ्ज थियटरले यस पटक भने नयाँ कथाबस्तु र परिबेशमा आधारित नाटक ‘लिलामे माइलो’ प्रर्दशनमा ल्याएको छ । नेपालको पुर्वी क्षेत्रको संस्कृति र परिबेशमा आधारित नेपाली लोक नाटक ‘लिलामे माइलो’ यही मंसिर १४ गतेदेखि प्रदर्शनमा आएकोे हो ।

नाटक प्रदर्शन भएयता नाटक हेर्ने दर्शकको भिड लाग्ने गरेको नटकका निर्देशक प्रभाकर न्यौपानेले जानकारी दिए । नेपाली नाट्य क्षेत्रमा नयाँ प्रयोगसहित मञ्चन गरिएको नाटक ‘लिलामे माइलो’मा पूर्वी नेपालका आदिबासी जनजाती मध्येको मगर जातीको रितिरिवाज, कला संस्कृति र चालचलनलाई जस्ताको त्यस्तै उतारिएको निर्देशक न्यौपानेले बताए ।

मगर जाती र कमजोर आर्थिक अवस्थाका कारण तिनीहरुले भोग्नु परेका समस्यामा केन्द्रित नाटकमा कलाकारको अभिनय जिवन्त रहेको पाइन्छ । नाटकमा माइला सन्तानलाई हेलाको सन्तानका रुपमा हेरिने नेपाली मानसिकतालाई उजागर गर्न खोजिएको छ । कथामा माइलाहरुलाई दुखी पात्रका रुपमा उतारिएको भएता पनि नाटक हेर्न जाने वास्तबिक माइलाहरुलाई भने सम्मान गरिने निर्माता राजाराम गौतमले जानकारी दिए । माइला सन्तानको रुपमा जन्मेका दर्शकलाई निशुल्क नाटक हेर्ने र उनीहरुलाई सम्मान गर्ने बन्दोबस्त समेत नाटकमा रहेको निर्माता गौतमले बताए ।

मगर समुदायकोे प्रख्यात गीत हुर्रा र लाफा नाँच नाटकको अर्को बिशेषता हो । हुर्रा गीत र नाँचबाट सुरुवात भएको नाटक संगीतमय बनेको छ । गाउँले परिबेशलाई जस्ताको त्यस्तै नाटकमा उताएिका कारण पनि नाटक हेर्ने दर्शकलाई पेट मीचि मिची मिची हसाँउन सफल भएको छ ।
राजाराम गौतमले निर्माण गरेको यो नाटकलाई नाट्य रुपान्तरण गरेका हुन् राजाराम काउचाले । पुस ७ गतेसम्म प्रदर्शन गरिने नाटककमा सलमान गुरुङ्ग, निशा पाख्रिन, राजन भुजेल, पुष्पराज अवस्थी, बिजय नेपाल, अल्बिना न्यौपाने,मनाृज थापा मगर, संजीव राई, नमस्ते दिवाकर घिमिरे, बिपना थापा, बिरेन्द्र खाती, शिला राना खनाल, सचिन मल्ल, संगीता थापा,सुनिल तामाङ्ग, ललित मगर, चक्र बिष्ट र पारुहाङ्ग वान्तवाको अभिनय देख्न सकिन्छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी