समायोजन अध्यादेश प्रमाणिकरण, १ लाख वढि कर्मचारी समायाेजन हुँदै

174 Hits

काठमाडौं, २४ मंसिर —

 मुलुकमा संघीयता लागु भएको ३ बर्ष पछि बहुप्रतिक्षित कर्मचारी समायोजन प्रक्रिया शुरु भएको छ । सरकारले स्वीकृत गरि पठाएको कर्मचारी समायोजन अध्यादेश २०७५ लाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरे सँगै कर्मचारी समायोजन प्रक्रिया शुरु भएको हो । राष्ट्रपतिले सो अध्यादेश आइतबार प्रमाणीकरण गरिन्् ।

अध्यादेश लागु भएसँगै निजामती तर्फका ८९ हजार, स्थानीय तहका १५ हजार र अन्य संगठित संस्थाका २ हजार गरि करिव १ लाख ६ हजार कर्मचारीहरुलाई समायोजन प्रक्रियामा सामेल गराउने गरि कार्य प्रारम्भ गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलका सचिव दिनेश कुमार थपलियाले जानकारी दिएकाे राजधानीमा समाचार छ ।

अव कर्मचारी समायोजन प्रक्रिया शुरु भयो , सबै जना समायोजनको लागि तयारी अवस्थामा वस्दा हुन्छ । ’सचिव थपलियाले भने । सचिब थपलियाकाअनुसार अब देशभरका तिनवटै तहको संगठन संरचना र दरवन्दिको अन्तिम टुंगो लगाइने छ ।

त्यसपछि सफ्टवेयर मार्फत सबै कर्मचारीको विवरण वेभसाइटमा सार्वजनिक गरि समायोजन प्रक्रियामा सामेल हुन आव्हान गरिने सचिव थपलियाले बताए । सबैजना समायोजनमा सामेल हुनुपर्छ र समायोजन प्रणाली र सफ्टवेयरले गर्नेछ । ’सचिव थपलियाले भने । यी प्रक्रियाहरु सोमबार देखि नै थालिने सचिव थपलियाको जानकारी दिए । समायोजन अध्यादेश अनुसार प्रदेश र स्थानीय तहमा रहने सबै पदहरुलाई तहगत रुपमा मिलान गरिने छ ।

तहगत रुपमा कर्मचारी समायोजन गर्दा निश्चित योग्यता पुगेकालाई एक तह बढुवा गरिने छ तर स्वतह बढुवा भने हुने छैन् । प्रदेश र स्थानीय तहमा समायोजन भएर जानेलाई निश्चित प्रतिशतमा वृत्ति विकासको अवसर सुनिश्चित गरिएको छ । यसैगरि ग्रेड वृद्धिको व्यवस्था गरिएको छ । प्रदेश निजामती सेवा ऐन र स्थानीय सेवा ऐन नवन्दा सम्म समायोजन हुने सबै कर्मचारी केन्द्रिय निजामती सेवा ऐन अनुसार नै सञ्चालन हुने छन् । प्रदेश निजामती र स्थानीय सेवा ऐन बनेपछि भने कर्मचारीहरु ती ऐन अनुसार नै सञ्चालित हुने व्यवस्था समायोजन अध्यादेशमा गरिएको छ ।

अन्तर सेवा तथा खुला प्रतिस्पर्धामा सहभागी हुन पाउने छन् । सबै कर्मचारीले अहिले पाइरहेको सेवा सुविधालाई सुनिश्चित गर्दै प्रोत्साहन स्वरुप केहि नया व्यवस्था समेत गरिने मन्त्रालयका सचिव थपलियाले जानकारी दिए ।

Loading...

Related News

अब पेन्सन याेगदानमा अाधारीत हुने, हेर्नुस् कसरी पाईन्छ पेन्सन ?

काठमाडौँ,३० पुस । योगदानमा आधारित निवृत्तिभरण (पेन्सन) कोषको व्यवस्था गर्न बनेको विधेयक प्रतिनिधिसभाले पारित गरेको छ । प्रतिनिधिसभाको आइतबारको बैठकले…

सरकारले बनायाे ४ नयाँ राजदूत, फिर्ता बाेलायाे ३ जनालाई

काठमाडौं, १३ पुस – सरकारले ४ देशका लागि नयाँ राजदूत सिफारिस गरेकाे छ । मन्त्रीपरिषद्काे निर्णय सार्वजनिक गर्दै सूचना प्रविधि…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी