नेकपा कर्णालीको बैठकमा नयाँ बहस चलाउन शर्माको निर्देशन

87 Hits

सुर्खेत, २३ मंसिर–
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को कर्णाली प्रदेश कमिटीको पहिलो बैठक शनिबार वीरेन्द्रनगरमा सम्पन्न भएको छ । देशभरीकै पहिलो प्रदेश कमिटिको बैठकले महत्वपूर्ण निर्णय गरेको बताइएको छ । कर्णाली प्रदेश कमिटीका ईञ्चार्ज जनार्दन शर्मा प्रभाकर, अध्यक्ष गोरख बहादुर बोगटीलगायत अन्य पदाधिकारीसहितको सहभागितामा शनिबार पहिलो वैठक सम्पन्न भएको हो ।

वैठकले प्रदेश कार्यालय स्थापना तथा व्यवस्थापन गर्नका लागि लाग्ने निर्णय गरेको छ । वैठकको निर्णय अनुसार कार्यालय स्थापनाका लागि प्रदेश कार्यालयका पदाधिकारीहरुको अगुवाईमामा स्थानीय नेताहरुको साथ लिएर काम गरिने छ । यस्तै, पार्टीको मातहतमा रहेका प्रदेश सरकारका पदाधिकारीहरु, सांसदहरु, राजनीतिक नियुक्ति पाएका पदाधिकारीहरुबाट मासिक लेवी तोक्ने र लेवीमार्फत आएका रकम कार्यालय व्यवस्थापनमा लगाईने वैठकले निर्णय गरेको छ ।

वैठकले साविकका नेकपा एमाले र नेकपा माओवादीका संगठित सदस्यतासंगै आर्थिक तथा भौतिक चल(अचल सम्पतिको अद्यावधिक गर्ने निर्णय पनि गरेको छ ।

यस्तै, स्थानीय तहका कमिटीहरु एकिकरण गर्नका लागि जिल्लाका केन्द्रीय सदस्य तथा प्रदेशका सदस्य सम्मिलित टिम निर्माण गरेर स्थानीय तहमा पार्टी एकिकरण र एकिकरणको प्रस्ताव तयार पार्नका लागि सम्बन्धित स्थलमा पठाउने निर्णय पनि वैठकले गरेको छ ।

यसैगरि, पार्टीले सञ्चालन गर्न लागेको एकमहिने अभियान सञ्चालनका लागि प्रदेश कमिटीका नेताहरु, केन्द्रीय सदस्यहरु तथा सरकारमा संलग्न नेताहरुको संयुक्त टीम बनाएर स्थानीय स्तरमा पठाउने वैठकले निर्णय गरेको छ । निर्णय अनुसार त्यसक्रममा टीमले जनतामाझ पार्टीको तर्फबाट भएका गतिविधीहरुका बारेमा जानकारी गराउने र आगामी दिनमा कसरी अगाडि बढ्ने भन्नेबारे जनताको राय लिने काम गर्ने छ ।

वैठकले विशेष ७ वटा प्रस्ताव समेत गरेको कर्णाली प्रदेश कमिटीका अध्यक्ष गोरखबहादुर बोगटीले जानकारी दिए ।

संसदीय दल एकिकरण र नेता चयन केन्द्रको निर्णयअनुसार प्रदेश सभामा रहेको संसदीय दल एकीकरण तथा संसदीय दलको नेता चयनका सन्दर्भमा पार्टीको केन्द्रको निर्णय अनुसार गर्ने वैठकबाट निर्णय गरिएको छ । संसदीय दलको विषयमा पार्टीको केन्द्रमा भएको पूर्व सहमतिलाई लागु गर्ने केन्द्रका निर्देशन अनुसार प्रदेश कमिटीको वैठकमा निर्णय गरिएको अध्यक्ष बोगटीले बताए ।

त्यसैगरी संसदीय दलको नेता चयनका लागि केन्द्रको पूर्व सहमति अनुसार दलको वैठक बोलाएर कार्यान्वयन गर्ने छ ।

वैठकमा कर्णाली प्रदेश कमिटीका ईञ्चार्ज जनार्दन शर्माले पार्टीको कमिटीका सदस्यहरुलाई सपथ पनि खुवाएका थिए भने सदस्यहरुलाई बधाई ज्ञापन गरिएको थियो । कमिटीको आगामी वैठकमा रहन सक्ने कार्यसूचिका बारेमा छलफल तथा कार्यसूचिका बारेमा जानकारी गराइएको थियो ।

वैठकमा प्रदेश कमिटीका ईञ्चार्ज शर्माले पार्टीलाई नयाँ उचाईमा लैजान नयाँ ढंगबाट अगाडि बढ्नुपर्नेमा जोड दिए । पार्टीलाई नयाँ उचाईबाट निर्माण सवालमा प्रदेश कमिटीका नेताहरुले आवश्यक छलफल तथा बहस चलाउन उनले निर्देशन दिएका छन् । वहस शहरमा मात्र नभै स्थानीय तहदेखि टोलटोलसम्म पु¥याउन समेत उनले सुझाव दिए ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी