सावधान ! अब प्रहरीलाई घुस दिन खोजे सिधै खोरमा

140 Hits

काठमाडौ., २२ मंसिर
प्रहरीले कार्वाही गर्न खोज्यो भनेर घुस दिन खोज्नुभयो भने अब सिधै खोरमा जाकीनुपर्ने भएको छ ।
काठमाडौँ महानगरपालिका– ९ काँडाघारीमा प्रहरीलाई घुस दिन खोज्ने तीन जना पक्राउ परेका छन् । पक्राउपर्नेमा नुवाकोट खड्कभञ्ज्याङ– ३ का २२ वर्षीय प्रज्वल तामाङ, सोही ठाउँ बस्ने रामेछाप फुपा– ७ का २३ वर्षीय सुजन श्रेष्ठ र काभ्रेका राजाराम दनुवार रहेका छन् ।

काँडाघारी चोकमा प्रहरीले बा २४ प ८७८९ नंको मोटरसाइकल जाँच गर्ने क्रममा मादक पदार्थ पिएर मोटरसाइकल चलाएको र कागजपत्रसमेत नभएकाले आवश्यक कारवाही गर्न खोज्दा तामाङ र श्रेष्ठले घुस दिन खोजेको प्रहरीले जनाएको छ ।

त्यस्तै काठमाडौँ महानगरपालिका– ३२ स्थित पेप्सिकोला चोकबाट प्रहरीलाई घुस दिन खोज्ने ट्याक्सी चालक बौद्ध बस्ने काभ्रेका राजाराम दनुवारलाई शुक्रबार साँझ पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

Loading...

Related News

काठमाडौंमा सिरिञ्ज आतंक मच्चाउने १ युवा पक्राउ, ‘रहेछ ढलान काँटी’

काठमाडौं, १३ असार ।प्रहरीले काठमाडौंको विभिन्न स्थानमा महिलामाथि सिरिञ्ज आक्रमण गरी ‘सुई आतंक’ मच्चाउने एक युवालाई पक्राउ गरी सार्वजनिक गरेको…

सडकमा पार्किङ गरिएकाे गृहका सह–सचिवको गाडीमा लक, ट्राफिकलाइ उल्टै धम्की

काठमाडौं, ११ असार । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएका प्रहरी जवानले गृह मन्त्रालयका सह–सचिव रामकृष्ण सुवेदीको गाडीमा लक लगाएका छन्…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का