पाँच महिनामा ११ जलविद्युत आयोजनाले पाए लाइसेन्स

36 Hits

काठमाडौं, २२ मंसिर ।
सरकारले चालू आर्थिक वर्षको पाँच महीनामा विभिन्न ११ जलविद्युत् आयोजनालाई विद्युत् उत्पादन अनुमतिपत्र प्रदान गरेको छ ।

चालू आवको हालसम्म अनुमतिपत्र दिइएका आयोजनाको क्षमता एक हजार ३८७ मेगावाट रहेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विकास विभागले हालसम्म १ सय ९० आयोजनालाई त्यस्तो अनुमतिपत्र दिएको हो । विभागकाअनुसार हालसम्म सात हजार २ सय ६३ मेगावाट क्षमताका आयोजनाले त्यस्तो अनुमति लिएका छन् ।

चालू आवको हालसम्म अनुमति दिइएका आयोजनामा ४४० मेगावाट क्षमताको तिला एक, ४२० मेगावाट क्षमताको तिला दुई ठूला आयोजना हुन् । ती आयोजना एससी पावर कम्पनीले निर्माण गर्न लागेका हुन् ।

यस्तै २८२ मेगावाट क्षमताको मनाङ मस्र्याङदी जलविद्युत् आयोजनाले पनि त्यस्तो अनुमतिपत्र लिएको छ । सो आयोजनाको प्रवद्र्धक मनाङ मस्र्याङदी हाइड्रोपावर कम्पनी रहेको छ । कूल १४० मेगावाट क्षमताको तल्लो मनाङ मस्र्याङदी जलविद्युत् आयोजनाको प्रवद्र्धक बुटवल पावर कम्पनी रहेको छ । उक्त आयोजनाले पनि विद्युत् उत्पादन अनुमतिपत्र लिएको छ ।

विभागका महानिर्देशक नवीनराज सिंहका अनुसार ह्याबिट्याट पावर कम्पनीले निर्माण गर्ने पाँच मेगावाट क्षमताको हेवा ए, युनिटेक हाइड्रो पावर कम्पनीले निर्माण गर्ने पाँच दशमलव आठ मेगावाट क्षमताको माथिल्लो फावाले पनि हालै विद्युत् उत्पादन अनमुतिपत्र लिएको छ ।

सेञ्चुरी इनर्जी प्रालिले प्रवद्र्धन गर्ने शून्य दशमलब नौ सात मेगावाट क्षमताको हाडी खोला, गोरक्ष इनर्जी प्रवद्र्धक रहेको सुपर आँखुखोला जलविद्युत् आयोजनाले पनि विद्युत् उत्पादन अनमुतिपत्र लिएको छ ।

नीलगिरि खोला हाइड्रो पावर कम्पनीको प्रवद्र्धनमा निर्माण हुने ६२ मेगावाटको नीलगिरि खोला र शक्ति ऊर्जा विकास कम्पनीले प्रवद्र्धन गर्ने शून्य दशमलब नौ पाँच मेगावाट क्षमताको तौथली खोलाले पनि विद्युत् उत्पादन अनुमतिपत्र लिएको छ ।

Loading...

Related News

उर्जा मन्त्री वर्षमान पुन स्वास्थ्य लाभपछि डिस्चार्ज

काठमाडौं, १७ कात्तिक – उर्जा मन्त्री वर्षमान पुन अनन्त स्वास्थ्य लाभपछि अस्पतालबाट डिस्चार्ज भएका छन्। उनी शनिबार विहान ११:३०मा डिस्चार्ज…

नेता अनन्तको स्वास्थ्य अवस्था बुझन नेकपा महासचिव पौडेल नर्भिकमा

काठमाडौं, १७ कात्तिक उर्जा जलश्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन अनन्तको स्वास्थ्य अवस्था बुझ्न नेकपा महासचिव विष्णु पौडेल नभीृक अस्पताल…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी