सुरक्षा, तालिम र हतियारमा सहकार्य गर्न चाहन्छाैं : गृहमन्त्री
काठमाडौँ, २१ मंसिर
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले चीनविरोधी गतिविधि हुन नदिने बताएका छन् । उनले नेपालका लागि चिनका राजदुत यु होङसँगको विदाई भेटमा उक्त कुरा बताएका हुन् ।
आफ्नो कार्यकाल सकेर केही दिनमै स्वदेश फर्कन लाग्नुभएकी राजदुत होङलाई गृहमन्त्री थापाले नेपालमा उहाँको सफल कार्यकालका लागि धन्यवाद व्यक्त गर्दै नेपाल एक चिन नीतिप्रति प्रतिवद्ध रहेको बताउँदै नेपाली भूमिबाट कुनै किसिमका चिन विरोधी गतिविधि हुन नदिइने प्रतिवद्धता व्यक्त गरे ।
गृहमन्त्रालयमा भएको भेटमा नेपाल–चिन सम्बन्ध, आपसी सहकार्य र आगामी दिनमा सहयोगका विषयमा केन्द्रीत रहेको थियो । उनले होङको आगामी यात्राका लागि शुभकामना व्यक्त गरे ।
राजदुत होङले आफ्नो कार्यकालमा नेपाल र चीनबीच सम्बन्ध बिस्तारका लागि महत्वपुर्ण भूमिका खेलेको भन्दै गृहमन्त्री थापाले उनको कार्यकालमा नेपाल र चिनबीच महत्वपूर्ण सम्झौताहरु सम्पन्न भएकोमा खुशी व्यक्त गरे ।
भेटमा गृहमन्त्री थापाले नेपालको सुरक्षा निकायको भौतिक संरचना, उपकरण, तालिम र सशस्त्र प्रहरी बलको तालिम केन्द्र निर्माणका लागि चिनले गरेको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि त्यसले निरन्तता पाउने विश्वाँस व्यक्त गरे ।
राजदुत होङले आफ्नो नेपाल बसाई सुखद रहेको भन्दै आफू स्वदेश फर्किएपछि पनि नेपालको विकासका लागिसक्दो पहल गरीरहने बताइन् । उनले नेपाली सुरक्षा निकायलाई चिन सरकारबाट प्रदान गरिने सहयोग, तालिम र उपकरण आगामी दिनमा पनि निरन्तर रहने बताइन् ।
भेटमा होङले नेपालमा चिन विरोधी गतिविधि नियन्त्रणका लागि गृहमन्त्रालयले खेलेको भूमिका प्रशंसनिय रहेको भन्दै खुशी व्यक्त गरिन् । राजदुत होङको कार्यकालमा वान बेल्ट वान रोड(ओबिओआर)मा नेपालले हस्ताक्षर गरेको, नेपाल र चिनबीच यातायात तथा व्यापार सम्झौता लगायतका महत्वपूर्ण कार्य भएको विषयमा भेटमा छलफल भएको थियो ।