स्वास्थ्य उपचार र पढ्न नपाए सरकारविरुद्ध मुद्धा गर्नुस् : प्रचण्ड

185 Hits

काठमाडौं, २१ मंसिर  ।
सत्तारुढ नेकपा अध्यक्ष एवं पुर्व प्रधानमन्त्री प्रचण्डले आर्थिक अवस्था कमजोर भएका नागरिक र विद्यार्थीहरुलाई सरकारले पुर्ण सहयोग गर्ने बताएका छन् । आर्थिक अभावका कारण स्वास्थ्य उपचार नपाएमा र आफूले चाहेको विषय पढ्न नसकेमा सरकारविरुद्ध कानुनी लडाइँ लड्न सकिने उनको भनाई छ ।

वंशाणुगत रोगसँग सम्बन्धित पहिलो सम्मेलनलाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले भने, ‘अब कोही मान्छेले उपचारको अभावले दुःख पायो भने उसले अदालतमा मुद्दा दिन पाउँछ र अदालतले त्यो बिरामीको पक्षमा फैसला गर्नैपर्छ । किनकी संवैधानिक व्यवस्थाको कारणले त्यो अधिकार जनताले प्राप्त गरेको छ ।’

संविधानले नै शिक्षा र स्वास्थ्यलाई मौलिक हकको रुपमा व्यवस्था गरेको र त्यससम्बन्धी ऐनसमेत बनेको जानकारी गराउँदै प्रचण्डले सबै नेपाली नागरिकको शिक्षा, स्वास्थ्य र रोजगारीको जिम्मेवारी अब सरकारले लिने बताए ।

अध्यक्ष प्रचण्डले संवैधानिक यो व्यवस्थालाई ठूलो उपलब्धीको रुपमा ब्याख्या गरे । संविधानमा गरिएको यस्ता व्यवस्थाले राजनीतिक नेताहरुलाई सन्तोष गर्ने र गौरव गर्नलायक बनाएको उनले बताए ।

प्रचण्डले यो उपलव्धीलाई सानोतिनो रुपमा लिन नहुने उल्लेख गर्दै भने, गरिबीको कारणले, पैसाको अभावले मैले पढ्न पाइनँ, म पढ्न चाहन्छु, यो विषयमा मेरो रुचि छ भनेर मुद्दा दियो भने राज्यले उसको व्यवस्था गरिदिनु पर्दछ । उसलाई पढाउनैपर्छ ।’ यसले कसलाई फाइदा पुग्छ ?

‘जनचेतनाको अभावले कति मान्छे अदालत जान्छन् जाँदैनन् भन्ने त समयको कुरा मात्र हो,’ प्रचण्डले भने, ‘बिस्तारै जनचेतना फैलिँदै जान्छ र अधिकारप्रति सचेत भइसकेपछि मान्छेले त्यसलाई पाउनका लागि पहलकदमी लिन्छ । यस अर्थमा राजनीतिक नेतृत्वले सन्तोष पाउने, थोरै गौरव गर्ने ठाउँ छ ।’
आधारभूत जनताको पक्षमा संविधानले महत्वपूर्ण कार्य गरेको उल्लेख गर्दै उनले त्यसको लागि कुशल नेतृत्व र कर्मचारी संयन्त्र हुनुपर्नेमा पनि जोड दिए ।

Loading...

Related News

विकास र समृद्धिकाे लागि ऐन कानुनहरू बाधक देखियाे – प्रचण्ड

नुवाकोट ,४ जेठ- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्मकमल दाहाल प्रचण्डले नेपाललाई विकास र समृद्धिको नयाँ यात्रामा लैजानका लागि…

विचार कुनै डग्मा हाेइन परिमार्जन गर्नुपर्छ : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मदन भण्डारीले विकसित गरेका विचारलाई अझै परिमार्जन गर्दै लैजानुपर्नेमा जोड दिनु भएको छ…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी