अर्को सांसद ल्याउनेलाई पुरस्कृत गरौं : डा. भट्टराई

106 Hits

काठमाडौँ, २१ मङ्सिर
पुर्व प्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले संसदमा अर्को सांसद लिएर आउनेलाई प्रोत्साहन गर्नुपर्ने बताएका छन् । संसदमा सांसदको उपस्थिति कम हुँदै गएपछि उनले त्यसो भनेका हुन् ।


कानून निर्माणको मुख्य जिम्मेवारी रहने गरी चुनाव जितेर सङ्घीय संसद्मा प्रवेश गरेका जनप्रतिनिधि मुख्य जिम्मेवारीप्रति गैरजिम्मेवार भइदिँदा त्यसको असर अहिले संसदीय समितिलाई परेको छ ।
पछिल्लो समय बैठक सञ्चालनका लागि सांसदको उपस्थितिको आवश्यक न्यूनतम सङ्ख्या (कोरम) नपुग्दा संसदीय समितिको बैठक निर्धारित समयमा सञ्चालन हुनसकेका छैनन् । केही सांसद अन्त्यसम्म नबस्ने, केही अन्त्यतिर मात्रै बैठक कक्षमा प्रवेश गर्ने व्यवहारले समितिका सभापतिलाई गणपुरक सङ्ख्या पुयाएर बैठक सञ्चालन गर्ने सधँै धौधौ पर्दै आएको छ ।

प्रतिनिधिसभा अर्थसमितिको केही दिनअघि बिहान ९ बजे डाकिएको बैठक कोरम नपुगेपछि दिउँसो १ बजेका लागि सारिएको थियो । उक्त सारिएको समयमा पनि एक घण्टा पर्खँदासमेत गणपूरक सङ्ख्या नपुगेपछि पदेन सदस्यका रूपमा रहेका मन्त्रीलाई पनि जोडेर बैठक सञ्चालन गरियो ।

गणपूरक सङ्ख्याको समस्या भएपछि समितिका सदस्य एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले भने “समितिका सदस्यमध्ये जसले आफूसँग अर्काे सांसद लिएर आउँछ त्यसलाई प्रोत्साहनस्वरुप पुरस्कारकै व्यवस्था गर्नुपर्ला जस्तो छ ।”

Loading...

Related News

म प्रधानमन्त्री भएको भए प्रतिव्यक्ति अाय २५ हजार डलर पुर्याउने थिएँ- डा. भट्टराई

काठमाडौं , २८ फागुन – पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अाफू प्रधानमन्त्री भएको भए मुलुकलाई विकासको नयाँ स्तरमा पुर्‍याउन सक्ने…

बाबुराम देश दौडाहामा : लमजुङ्ग पुगेर के भने बाबुरामले ?

लमजुङ्ग, ३ फागुन । नयाँ शक्ति पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई यतिवेला देश दौडाहामा छन् । सुदुर पुर्वको…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी