आर्थिक पत्रकार समाजको अध्यक्षमा भट्टराई निर्वाचीत

38 Hits

काठमाडौं, २१ मंसिर ।
नेपाल आर्थिक पत्रकार संघ नाफिजको चौथो महासभा सम्पन्न भएको छ । राजधानीमा सम्पन्न महाभाले ले सीताराम भट्टराईको अध्यक्षतामा १९ सदस्य केन्द्रीय कार्यसमिति चयन गरेको छ ।

महासभाले तीन जना उपाध्यक्षपनि चयन गरेको छ जसमा इन्द्र बानिया, राजेश बर्मा, छबि बगाले चुनिएका छन् उनीहरु सबै निर्बिरोध चयन भएका हुन् । त्यस्तै महासचिवमा नारायण पौडेल, सचिवमा चन्दा कार्की, सहसचिवमा बिजय दमासे र कोषाध्यक्षमा रोयल आचार्य निर्वाचित भएका छन् ।

महासभाले चुनेका सदस्यहरूमा प्रजिता बुढाथोकी, मोहम्द अजमत अली, फणिन्द्र दाहाल, कृष्णप्रसाद भट्टराई, मल्लिका घिमिरे, शान्ती श्रेष्ठ, रिना खत्री, अर्जुन पन्त, रोविन पौडेल, डोमी शेर्पा र दिप्ती भट्ट रहेका छन् ।

सूचना तथा प्रविधि मन्त्री एवं नेपाल सरकारका प्रवक्ता गोकुल बास्कोटाले महासभाको समापन गरेका नाफिजको महासभाको उद्घाटन अर्थमन्त्री डा। युवराज खतिवडाले गरेका थिए ।

कार्यक्रममा अर्थमन्त्री डा युवराज खतिवडाले सुशासन र विकासका पक्षमा पत्रकारले कलम चलाउनुपर्ने बताएका थिए ।मुलुक आर्थिक विकासतर्फ अग्रसर भएकाले पत्रकारले पनि सुशासन र विकासका पक्षमा कलम चलाएर मुलुकको समृद्धिका लागि सहयोग गर्नुपर्छ उनले भने ।

उनले सरकारले गरेका कतिपय कामलाई पत्रकारिताले हुबहु नभएर आलोचनात्मक टिप्पणी गरेर सहयोग गर्नुपर्नेमा जोड दिदैं सरकारका कमीकमजोरी छन् भने पत्रकारिताले उजागर गरिदिनुपर्ने बताए ।

अर्थमन्त्रीले प्रेस जवाफदेही भएमात्र राजनीतिक प्रणाली सुदृढ हुने बताउँदै नेपाली सञ्चारमाध्यमले मुलुकको आर्थिक, सामाजिक र राजनीतिक परिवर्तनमा खेलेको भूमिका अतुलनीय रहेको बताए । व्यक्ति विशेषलाई लक्षित गरेर सञ्चारमाध्यम चलाउन नहुने बताउँदै उनले आर्थिक पत्रकारिताको क्षमता अभिवृद्धि गर्न मन्त्रालय सदैव सहयोग गर्ने बताए ।

Loading...

Related News

शेयर बजार अस्तव्यस्त : कहाँ हो समस्या अर्थमन्त्री ज्यु ?

काठमाडाैं, २० मंसिर- अहिले नेपालको शेयर बजार लथालिंग बनेको छ । शेयर व्यवसायीहरु र लगानीकर्ताहरु आन्दोलनमा उत्रिएका छन् । दुईजनाले…

एडीबीले आगामी तीन वर्षमा १ खर्ब ३५ अर्ब रुपैयाँ लगानी

काठमाडौं, १३ मंसिर नेपालको मुख्य विकास साझेदार एसियाली विकास बैंक (एडीबी)ले आगामी तीन वर्षमा १ खर्ब ३५ अर्ब रुपैयाँ लगानी…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी