पुल बनाउँदा मुआब्जा नपाएपछि जुम्लामा सडक अवरुद्ध

27 Hits

जुम्ला, २१ मङ्सिर
उचित मुआब्जा नपाएको भन्दै जुम्लामा जग्गाधनी उपभोक्ताहरुले सडक अवरुद्ध गरेका छन् । देखि डोल्पा जोड्ने सडकअन्तर्गत दानसाँघुस्थित जोवा नदी पुल नजिकैका जग्गाधनीले मुआब्जा नपाएपछि सडक अवरुद्ध गरेका छन् ।

तीन वर्षअघि निर्माण भएको दानसाँघु माथिल्लो पक्की पुल निर्माण गर्दा जग्गा मासिएपछि मुआब्जा नपाएका जग्गाधनीले सडक अवरुद्ध गरेका हुन् ।

जग्गाधनी मयालाल देवकोटाले वर्षौंदेखि मुआब्जाका लागि पहल गर्दा पनि नपाएपछि अन्तिममा सडक अवरुद्ध गर्नुपरेको बताए ।

‘जिल्ला प्रशासन, नगरपालिका, जिल्ला समन्वय समितिमा धाउँदा पनि क्षतिपूर्ति पाएनौँ, सडकमा दुई दर्जन बढीको जग्गा क्षति भएको छ तर मुआब्जा दिन कसैको ध्यान गएन’ उनले थपे ।

नापी कार्यालय, चन्दननाथ नगरपालिका र जिल्ला समन्वय समितिका प्राविधिकसहितको टोलीले क्षति मूल्याङ्कन गरेको बताइएको छ । सात जनाको हजार वर्गमिटर जग्गा क्षति भएको मुल्यांकन प्रतिवेदन तयार भएको छ । सरोकारवालाबीच पटकपटक छलफल भएपनि हालसम्म निष्कर्ष निस्कन सकेको छैन ।

मुआब्जा दिलाउनको लागि चन्दननाथ नगरपालिकाले रु ५३ लाख र गुठीचौर गाउँपालिकाले रु ४० लाख व्यवस्थापन गर्ने भने पनि व्यवस्थापन नभएको जग्गाधनीहरुको गुनासो छ ।

गुठीचौर गाउँपालिकाका अध्यक्ष हरिबहादुर भण्डारीका अनुसार दानसाँघुको विवादित जग्गाको मुआब्जा आफ्नो क्षेत्रमा नपरेकोले रकम दिन नसकिएको हो । चन्दननाथ नगरपालिकाभित्र पर्ने भएकाले गुठीचौर गाउँपालिकाले मुआब्जा दिँदा बेरुजु रहने भएकोले दिन नसकिने अवस्था रहेको उनको भनाई छ ।

जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर सार्कीले सर्वदलीय सर्वपक्षीय बैठक बोलाएर छलफल गरी विवाद टुङ्याएर सडक सञ्चालनमा ल्याउने पहल भएको जानकारी दिए ।

Loading...

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी