मेक्सिकोका राष्ट्रपतिले भने–’राज्यको ऋण कम गर्न बिलासी साधन विक्री गर्छु’

28 Hits

काठमाडौं, २१ मंसिर ।
मेक्सिकोमा नयाँ राष्ट्रपतिको रुपमा चुनिएका एन्द्रेस म्यानुएल लोपेज ओब्रादोरले राष्ट्रपतिले प्रयोग गर्ने विलासी जहाज बिक्री गर्ने भएका छन् । भ्रष्टाचारी राजनीतिज्ञहरुले प्रयोग गरेका सबै जहाज र हेलिकप्टर हामी बिक्री गर्दैछौँ,’ राष्ट्रपति लोपेजले भनेका छन् ।

वित्तमन्त्री कार्लोस उर्जुआले पछिल्लो साता आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो जानकारी दिइएको हो । यसबाहेक अन्य बिलासी सामान पनि बिक्री गरिने भएको छ ।

राज्यको ऋण कम गर्न सघाउने भन्दै वामपन्थी खेमाका नयाँ राष्ट्रपतिले अत्याधिक सुविधा भएको करोडौं मुल्य पर्ने जहाज बेच्ने निर्णय गरेका हुन् । उक्त जहाज उडाएर सोमबार दक्षिणी क्यालिफोर्नियास्थित भिक्टोरभिल एयरपोर्ट पुर्याइने छ । अर्थ मन्त्रालयले दिएको जानकारी अनुसार उक्त जहाज सोही स्थानबाट बिक्री हुनेछ ।

लोपेज ओब्रादोरले पूर्व राष्ट्रपति र सरकारी उच्च आधिकारीको पेन्सन कटौती गर्ने लगायत चुनावी बाचाको रुपमा घोषणा गरेका थिए । राष्ट्रपतिले लस पिनोसस्थित राष्ट्रपति भवनमा नबसेर साधारण भवनमै आफ्नो कार्यकाल बिताउने घोषणा गरेका छन् ।

साथै उक्त भवनलाई सांस्कृतिक केन्द्रको रुपमा रुपान्तरण गर्ने तयारी गरेका छन् । मेक्सिकोमा यसअघि राजनीतिक नेतृत्वले चरम भ्रष्टाचार गरेका समाचार बाहिरिएका थिए ।

Loading...

Related News

इन्धनमा मुल्यवृद्धि : हिंसात्मक प्रदर्शनपछि बल्ल बार्ता शुरु

एजेन्सी, पेरिस, १७ मङ्सिर – फ्रान्सको राजधानीमा भएको हिंसात्मक प्रदर्शनपछि बल्ल सरकारले वार्ता गर्ने तत्परता देखाएको छ । फ्रान्सेली प्रधानमन्त्री…

पाकिस्तानी पुर्व प्रधानमन्त्रीका छोरा पनि अपहरणमा !

काठमाडौँ, १५ मङ्सिर : पाकिस्तानका पूर्वप्रधानमन्त्री युसुफ रजा गिलानीले एशिया प्रशान्त क्षेत्रका अरबौँ जनताको शान्ति र विकासका लागि आतङ्कवाद प्रमुख…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी