लाग्याे ईन्जिनियरलाई चुनाव, यस्ताे छ प्रगतिशील प्यानलकाे प्रतिवद्ता

59 Hits

काठमाडौं, २१ मंसिर –

इन्जिनियरिङ पेशा अत्यन्तै व्यस्त पेशा हाे । पेशागत व्यस्तताबीच नेपालका इन्जिनियरहरू अहिले चुनावमा हाेमीएका छन् ।

नेपाल इन्जिनियर्स एसोसियशनको २०७५ मङ्सिर २८ गते हुन गैरहेको ३२ औं केन्द्रीय कार्यकारिणी एबम प्रथम प्रदेश कार्यकारिणी समितिको निर्वाचनमा उनीहरू व्यस्त बनेका हुन् ।

निर्वाचनका लागि सत्तारूढ दल नेकपा निकटकाे प्रगतिशील प्यानल र नेपाली काँग्रेस निकटकाे लाेकतान्त्रिक प्यानल प्रतिस्पर्धामा छन् ।

प्रगतिशील प्यानलकाे नेतृत्वमा  डा.त्रिरत्न बज्राचार्य छन ।

प्रदेश १ इ.ढकेन्द्र बम, प्रदेश २ इ.नन्द किशोर यादव , प्रदेश ३ इ. नन्दलाल बन्जाडे, गण्डकि प्रदेश आ.इ.बाबुराम भण्डारी, प्रदेश ५ इ.छबिन्द्र भट्टराई, कर्णालि प्रदेश इ.सोनालाल यादव र सुदुरपश्चिम प्रदेश पूर्ण बहादुर कुँवरले गरेका छन् ।

प्रगतिशील प्यानलले यस्ता प्रतिवद्वताहरू सार्वजनिक गरेका छन् ।

१) दूरदराज र जोखिममा काम गर्ने इन्जिनियरहरुको जीवन वीमा गर्न

२) इन्जिनियरिङ्ग Staff College एण्ड Research Center स्थापना गर्न

३) नेपाल इन्जिनियर्स एसोसियशनको अगुवाई, डिजाइन र ब्यबस्थापनमा आम इन्जिनियरहरुको शेयर लगानिमा जलबिधुत बिकास गर्न

४) इन्जिनियरको न्युनतम पारिश्रमिक तोकेर लागू गर्न

५) आम इन्जिनियरहरुको हकहित संरक्षण र बृत्तिबिकासको लागि पहल गर्न

६ ) आगामी दशकलाई पूर्वाधार विकासको दशक घोषणा गरी हजारौं इन्जिनियर लाई रोजगारी प्रदान गर्न

७) इन्जिनियरिङ्ग शिक्षा र पेशालाई मर्यादित र ब्यबसायिक बनाउन

उनिहरूले नेपाल इन्जिनियर्स एसोसियशनको २०७५ मङ्सिर २८ गते हुन गैरहेको ३२ औं केन्द्रीय कार्यकारिणी एबम प्रथम प्रदेश कार्यकारिणी समितिको निर्वाचनमा प्रगतिशिल प्यानललाई केन्द्र र ७ वटै प्रदेशमा विजय गराउन अपिल पनि गरेका छन् ।

Loading...

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी