आइजिपीको सोधपुछपछि पन्तका हत्यारानजिक प्रहरी, को हुन् रावल ?

49 Hits

काठमाडौं, २१ मंसिर-

प्रहरीले निर्मला पन्तका हत्यारानजिक पुगेको दाबी गरेको छ । भीमदत्तनगर नगरपालिका–१८ का १७ वर्षीय प्रदीप रावललाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । रावल काठमाडौंबाट पक्राउ परेसँगै अनुसन्धान साँघुरिएको प्रहरीले जनाएको छ ।

‘यो प्रकरणमा अनुसन्धान न्यारो डाउनतिर गएको छ । शंकास्पदसँग सोधपुछ गर्ने क्रम निरन्तर चलिरहेको छ’, गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले अन्नपूर्णसँग भने, ‘चाँडोभन्दा चाँडो परिणाम निकाल्न जुटेका छौं ।’ बुधबार कञ्चनपुरमा सात जनासँग सोधपुछ गरिएको उनले सुनाए ।

प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले नै रावलको बयान लिएका छन् । रावलले निर्मला बलात्कार तथा हत्यामा आफ्नो संलग्नता रहेको संकेत गरेका छन् । उनी लागुऔषध दुव्र्यसनी रहेको बताइएको छ । उनलाई यसअघि सीआईबीका डीएसपी अंगुर जोशी नेतृत्वको टोलीले कञ्चनपुरमै पक्राउ गरेको थियो । सोधपुछपछि उनी रिहा भएका थिए ।

‘रावलसँग बयान लिने क्रम जारी छ । उनले घटनामा आफ्नो संलग्नताको संकेत गरेका छन्’, प्रहरी उच्च स्रोतले भन्यो, ‘कञ्चनपुरमा बुधबार पक्राउ परेका दुई जनाको पनि बयान लिएपछि थप तथ्य खुल्न सक्छ । तर, उनीविरुद्ध बलियो प्रमाण भने फेला परेको छैन ।’

गृह मन्त्रालय स्रोतले पनि यो घटनाको निचोडमा पुग्न लागेको बतायो । ‘प्रहरीले अपराधीनजिक पुगेको भनेको छ’, गृह स्रोतले भन्यो ।

प्रहरीले रावलसँग सम्बन्ध देखिएका दुई जनालाई पनि कञ्चनपुरमा पक्रेको छ । उनीहरूलाई काठमाडौं झिकाइएको छ । भीमदत्तनगर नगरपालिका–१८ का दिनेश चौधरी र सन्दीप चौधरीलाई अभिभावकको साथ लगाएर जहाजबाट काठमाडौँ पठाइएको कञ्चनपुर प्रहरीले जानकारी दिएको छ । ‘केन्द्रबाट २ जनाबारे अनुसन्धान गर्नुपर्ने भएकाले पठाउन भनियो’, कञ्चनपुर प्रहरी प्रवक्ता एवं अनुसन्धान अधिकृत कृष्णराज ओझाले भने, ‘परिवारका सदस्यसँगै उनीहरू दुवैलाई पठाइएको छ ।’

प्रहरी महानिरीक्षक खनाल र सीआईबी प्रमुख डीआईजी निरजबहादुर शाहीले लिएको बयानमा रावलले यी दुई जनाको नाम लिएका आजको अन्नपूर्ण पोष्टमा खबर छ ।

महानिरीक्षक आफैँ सीआईबीमा

बुधबार दिउँसो प्रहरी महानिरीक्षक खनाल करिब ३ घण्टासम्म गृहमन्त्रालयमा थिए । अपराह्न प्रहरी प्रधान कार्यालय पुगेका खनाल राति साढे नौ बजे सीआईबीको कार्यालयमा पुगे । उनी त्यहाँ जानुको कारण थियो, निर्मलाको हत्यामा ‘संलग्न’ एक जना पक्राउ परेको सूचना ।

खनालले आफैँ रावलको बयान लिए । सीआइबीको टोलीले लिएको बयानमा आफूसँगै अन्य दुई युवाको पनि नाम लिएपछि चौधरीद्वयलाई प्रहरीले समातेर काठमाडौं झिकाइसकेको थियो।

रावल पक्राउ परेपछि महानिरीक्षकलाई अनुसन्धान निचोडमा पुग्न लागेको जनाउ सीआईबीले दिएको थियो । त्यसैले उनले रावलसँग बयान लिए ।

को हुन् रावल ?

१७ वर्षीय रावल भीमदत्तनगर नगरपालिका–१८ भगतपुर निवासी हुन् । उनका बुबाआमा दुवैजना अहिले रोजगारीका लागि भारतमा छन् । उनको मावली पनि भारत नै हो । उनी ठूलोबुबासँग बस्दै आएका थिए ।

प्रहरीका अनुसार निर्मलाको शव भेटिएको दिन रावल भारततर्फ गएका थिए । काठमाडौँ आएपछि उनी समातिएका हुन् ।

भीमदत्त नगरपालिका–१८ भगतपुरमा पुरानो कच्ची घर छ । जहाँ प्रदीप रावल एक्लै बस्छन् । विपन्न परिवारका उनले स्थानीय बैजनाथ माध्यमिक विद्यालयमा ९ कक्षा पढ्दापढ्दै चार वर्षअघि अध्ययन छाडेका थिए । बुबा टेकबहादुर र आमा राधादेवी रोजगारीको सिलसिलामा बेंग्लोरमा छन् ।

एउटी बहिनीलाई काका बलबहादुरले पालनपोषण गरेका छन् । महेन्द्रनगर बजारमा व्यवसाय गर्दै आएका उनले भने, ‘प्रदीपलाई पनि राम्रोसँग पढ्ने भए पढाइदिन्छु भनेको थिएँ, तर उसले साथीसंगतको लहलहैमा पढाइ छाड्यो ।’ निर्मला पन्तको हत्या आशंकामा काठमाडौंमा पक्राउ परेका युवक प्रदीप लागुऔषध दुर्व्यसनी हुन् ।

उनी चोरी र डकैतीमा संलग्न रहेको स्थानीय बताउँछन् । तर, निर्मला प्रकरणमा उनी दोषी छन् कि छैनन् भन्ने अनुसन्धानकै विषय छ ।

निर्मलाको हत्या भएको स्थानभन्दा ६ सय मिटर पश्चिमतर्फको पाले चौधरीको मासुपसलबाट पैसा, ग्यास र कुखुरा चोरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको एक स्थानीयले बताए ।

सोही आरोपमा पक्राउ परेका विशाल चौधरी पनि निर्मला प्रकरणमा पक्राउ परेका छन् । पाले चौधरीको पसल निर्मलाकी साथी रोशनी बमको घरनजिकै पर्छ ।

काका बलबहादुर भन्छन्, ‘निर्मला हत्याकाण्डमा दोषी भए उसले सजाय भोग्नुपर्छ । तर, दिलीप विष्टलाई झैँ फसाउन मात्रै खोजिएको भए गरिबमाथि अन्याय हुन्छ । सरकारले त्यस्तो नगरोस् ।’

Loading...

Related News

सावधान ! अब प्रहरीलाई घुस दिन खोजे सिधै खोरमा

काठमाडौ., २२ मंसिर प्रहरीले कार्वाही गर्न खोज्यो भनेर घुस दिन खोज्नुभयो भने अब सिधै खोरमा जाकीनुपर्ने भएको छ । काठमाडौँ…

कति हुन्छन् हत्याका घटना ? यस्तो छ प्रहरी आँकडा

काठमाडौं, २० मंसिर । हत्या भन्ने वित्तिकै हाम्रो आँङ जिंरिंग हुन्छ । तर पनि हामीले नचाहँदा नचाहँदै र सुन्न मन…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी