शेयर बजार अस्तव्यस्त : कहाँ हो समस्या अर्थमन्त्री ज्यु ?

42 Hits

काठमाडाैं, २० मंसिर-

अहिले नेपालको शेयर बजार लथालिंग बनेको छ । शेयर व्यवसायीहरु र लगानीकर्ताहरु आन्दोलनमा उत्रिएका छन् । दुईजनाले सेयरमै नोक्सानी भएका कारण आत्महत्या गरिसके। स्थिति एकदमै भयावह भइसकेको छ। आर्थिक नोक्सानीले अब सामाजिक असर पार्न थालिसकेको छ । घरपरिवारमा कलह, अनि साथीभाइ माझ लेनदेनको मनमुटाव भएको छ। दिनदिनै चेक बाउन्स भइरहेका छन् ।

हाल नेपालमा कुल लगानीकर्ताको सङ्ख्या १५ लाखभन्दा बढी छ। तीमध्ये अधिकांस साना लगानीकर्ता रहेका छन्। यस्ता लगानीकर्ताहरू अत्यन्तै निराश अवस्थामा पुगेको देखिन्छ । यसै सन्दर्भमा बुधवार फेरि एकपटक नेप्से परिसूचक खस्किएर ११२० भन्दा कम अङ्कमा पुग्यो।

गएको अढाई वर्ष यता नेपाल स्टक एक्सचेञ्ज नेप्सेको सूचकाङ्क लगातार खस्किएपछि त्यसले खर्बौँ रुपैयाँको पूँजीकरण परिमाणमा ह्रास बेहोरेको बताइन्छ।

जसको प्रत्यक्ष असर लाखौँ आम लगानीकर्ता भएको उनीहरू बताउँछन्।
ूकोही सिपाहीले शान्तिसेनामा गएर कमाएको पैसालाई लगानी गरेका छन्। कोही किसानले गरेका छन्। उनीहरूको लगानी यसरी डुब्दा झैझगडा अनि कलह र मानसिक तनाव निकै भइरहेको छ, उनले भने।

सरकारकै कारण यतिधेरै घाटा भइरहेको भन्दै उनले दिनहुँको प्रताडनाका कारण आफूहरू मिलेर लगानीकर्ताको दबाब समूह गठन गरेको बताए।

केमा ध्यान दिने ?
मूल कुरा जुन कम्पनीको सेयर किन्ने हो त्यसको बारे विस्तृत जानकारी हुनुपर्छ। त्यसको वर्तमान अवस्था र भविष्यको सम्भावनामा ध्यान दिनुपर्छ। सेयरमा लगानी गर्नुभनेको उक्त कम्पनीको स्वामित्वसँगै दायित्व पनि लिनु हो भन्छन् जानकार दिलीप मुनकर्मी। सेयरमा लगानी गर्दा कम्पनीको व्यवसाय, व्यवस्थापन, मुनाफा, बजारहिस्सासँगै बजारमा उक्त कम्पनीको साख, विगतको र सम्भावित मूल्यको उतारचढाव, खुद मुनाफा, प्रतिसेयर आम्दानी, लाभांस क्षमता र लाभांस नीतिसमेतमा ध्यान दिनुपर्छ। साथै सेयरमा लगानी गर्ने कि कारोबाररु लगानी गर्दा कति वर्षसम्मको लागिरु कारोबार गर्ने भए कतिको नाफा वा नोक्सानीमा बेच्नेरु यी कुरा बुझेर लगानी गर्नु बेस हुने जानकारहरूको सुझाव छ।

सेयरबजारको ज्ञान कहाँबाट कसरी पाउने
अर्का सेयरबजार जानकार ज्योति दाहाल भन्छन् नेप्से र धितोपत्र बोर्डका आधिकारिक वेबसाइट देखि लिएर विभिन्न पत्रपत्रिकाहरूबाट सामान्य जानकारी पाउन सकिन्छ। मुनकर्मी थप्छन् – कि पढेर जानिन्छ कि परेर। पढेर वा आवश्यक ज्ञान सहित लगानी गर्दा जोखिम बुझ्न र व्यवस्थापन गर्न सहज हुन्छ। हामीले सामान्यज्ञान र सेयरसम्बन्धी जानकारीका लागि नेपाल स्टक एक्सचेन्जको वेबसाइट, नेपाल धितोपत्र बोर्डको वेबसाइटबाट ऐन कानुन, नीति नियम, जारी भएका वा हुने सेयरको सम्बन्धमा जानकारी पाउन सक्छौँ। कम्पनीहरूका त्रैमासिक विवरण, र वार्षिक प्रतिवेदन पनि ज्ञानका अन्य स्रोत हुन्।

अहिले घाटा भएकाहरूले के गर्ने ?

दाहालको सुझाव छ तत्कालका अङ्कका ुखेलहरूु बाट तर्सनुभन्दा गहिरो सोचका साथ नै आफ्ना घाटा व्यवस्थापन गर्नु पर्छ। मुनकर्मी यसलाई अझ व्याख्या गर्दै भन्छन् -सेयरमा घाटा भनेको किनेको मूल्यभन्दा सस्तोमा बेचेर निस्कँदामात्र वास्तविक घाटा हुन्छ र अहिले पोर्टफोलियोमा देखिएको घाटा केवल सम्भावित घाटा मात्र हो। जबसम्म सेयर बेचिन्न घाटा हुन्न। अहिले बजारमा सेयरको मूल्य घटेको अवस्थामा क० आफूसँग थप लगानी गर्ने र जोखिम लिने क्षमता छ भने अहिले सस्तो र भविष्यमा बढी नाफा हुने सम्भावना भएको कम्पनीको सेयर किनेर औसत लागत घटाउने, ख० लगानी गरिएका कम्पनीहरू वा आफ्नो पोर्टफोलियोबाट कम प्रतिफल आउने वा भविष्यमा पूँजीगत लाभ हुने कम्पनीहरूसँग अर्को बढी लाभ हुने कम्पनीको अदलाबदली गर्ने, ग० लाभांसको प्रतिफल दर उच्च भएका कम्पनीहरूको सेयर किन्ने।

नयाँ लगानीकर्ताले के गर्नुपर्छ ?
प्रायस् घट्ने चक्रबाट गुज्रिरहेको बेला राम्रा कम्पनीका सेयर किन्न सके भविष्यमा त्यो बढ्ने सम्भावना धेरै हुने संसारभरकै सेयर विश्लेषकहरूको सुझाव हुने गर्छ। यतिखेर नेपालमा पनि खासगरि नयाँ लगानीकर्तालाई प्राथमिक निष्कासन (आइपिओ)को सेयर किन्दा जोखिम कम हुने मुनकर्मीको सुझाव छ।

यो के भइरहेको छ ?
२०७३ सालको साउन महिनामा नेप्सेको सूचकाङ्क नेप्से परिसूचक १८८० हाराहारीको उच्चतम विन्दुमा पुगेको थियो। करिब अढाई वर्षपछि त्यो लगातार खस्किएर यो साता ११३० सम्म झर्‍यो। अहिले कुल बजार पूँजीकरण वा सेयर बजारको कुल मूल्य साढे १३ खर्ब रुपैयाँ छ। जबकि त्यतिखेर सो परिमाण झण्डै २१ खर्ब रुपैयाँसम्म पुगेको थियो। अर्थात यो अवधिमा ७ खर्ब भन्दा धेरैले नोक्सानी भएको छ।- बीबीसीबाट

Loading...

Related News

आर्थिक पत्रकार समाजको अध्यक्षमा भट्टराई निर्वाचीत

काठमाडौं, २१ मंसिर । नेपाल आर्थिक पत्रकार संघ नाफिजको चौथो महासभा सम्पन्न भएको छ । राजधानीमा सम्पन्न महाभाले ले सीताराम…

एडीबीले आगामी तीन वर्षमा १ खर्ब ३५ अर्ब रुपैयाँ लगानी

काठमाडौं, १३ मंसिर नेपालको मुख्य विकास साझेदार एसियाली विकास बैंक (एडीबी)ले आगामी तीन वर्षमा १ खर्ब ३५ अर्ब रुपैयाँ लगानी…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी