कति हुन्छन् हत्याका घटना ? यस्तो छ प्रहरी आँकडा

42 Hits

काठमाडौं, २० मंसिर ।
हत्या भन्ने वित्तिकै हाम्रो आँङ जिंरिंग हुन्छ । तर पनि हामीले नचाहँदा नचाहँदै र सुन्न मन नभएपनि सुन्नै पर्ने हुन्छ । सुनिरहेककै छौं देखिरहेका छौं । प्रहरी तथ्यांकले भन्छ प्रत्येकदिन थुप्रै संख्यामा हत्या हुने गरेका छन् ।
कतिपय घरयासी झगडाले, कतिपयको पारिवारीक झगडाले, कतिपयको बलात्कारका कारणले र कतिपय दुर्घटनाका कारणले हत्या भएका छन् ।

प्रदेश नं १ मा मात्रै एघार महिनामा ५४ जनाको हत्या हत्या भएको छ । सन् २०१८ को एघार महीनामा प्रदेश नं. १ मा ५४ जनाको हत्या भएको छ । इन्सेक प्रदेश नं १ कार्यालय विराटनगरले बुधबार विराटनगरमा आयोजना गरेको मानवअधिकार र मानवीय अवस्थाको स्थिति विषयक अन्तरक्रिया कार्यक्रममा विभिन्न प्रकृतिका घटनामा ५४ जनाले ज्यान गुमाएको उल्लेख छ ।

हत्या हुनेहरूमा २०महिला, दुई बालिका, एक बालक, पाँच नवजात शिशु र २६पुरुष रहेका छन् । तीन पुरुषको भने गोली प्रहारबाट हत्या भएको थियो । सो अवधिमा प्रदेशभर राज्यपक्षबाट ४९ सहित ७५० पीडित भएकामा सबैभन्दा बढी बलात्कारबाट २२० र बलात्कार प्रयासबाट ९९ पीडित भएका थिए ।
यसैगरी घरेलु हिंसामा १४१, कुटपिट घाइते ६६, बहुविवाहबाट ४२, बालविवाहबाट तीन, मानव बेचविखनबाट १२, अपहरणबाट १०, जातीय विभेदबाट चारजना पीडित भएका थिए । गाली बेइज्जतीबाट सात, हत्या प्रयासबाट नौ, गिरफ्तारीबाट ३७, आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारबाट छ, अप्राकृतिक मैथुनबाट दुई जना पीडित भएका थिए ।

बसले ठक्कर दिँदा एकको मृत्यु, तीन गम्भीर घाइते

महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–३ मलिवारामा गए राति नेपाल–भारत बस सेवा लेखिएको बसले मोटरसाइकललाई ठक्कर दिँदा त्यसमा सवार एक जनाको मृत्यु हुनाका साथै अन्य तीनजना घाइते भएका छन् ।

उक्त घटनामा बारा जिल्लाको देवताल गाउँपालिका–३ बस्ने २५ वर्षीय राजकुमार साहको मृत्यु भएको र भारत बिहारको सीतामढी जिल्लाको सुतिहारा बस्ने १८ वर्षीय सोनुकुमार ठाकुर, १६ वर्षीया चुनचुनदेवी ठाकुर र ३० वर्षीय मेघनाथ ठाकुर गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए ।

देब्रे हात भाँचिएको आँखा र टाउको चोट लागेका सोनुकुमार र देब्रे आँखा र हातमा चोट लागेकी चुनचुनदेवीको उपचार जनकपुर अञ्चल अस्पतालमा भइरहेको छ भने अनुहार तथा आँखामा गहिरो चोट लागेर घाइते भएका मेघनाथ ठाकुरलाई थप उपचारका लागि विराटनगर पठाइएको प्रहरी उपरीक्षक कार्कीले बताए ।

धनुषाको जनकपुरबाट भारत बिहारको राजधानी पटनसम्म चल्ने बीआर०६पीसी ९२५१ नंको बसले गए राति १० बजे जलेश्वर नगरपालिका–३ मलिवारामा विपरीत दिशाबाट चार जना चढेर आएको ज६प १६५० नंको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

चितवनमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

भरतपुर महानगरपालिका–३ को बाह्रघरेमा विहिवार बिहान मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा कपिलवस्तु जिल्लाको तिलोत्तमाका ४० वर्षीय चन्द्रसिंह चौधरी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार न्यूरोडबाट बिहान १ बजे बाह्रघरेतर्फ जाँदै गरेको ना५९प २९९८ नंको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिएपछि घाइते चौधरीको उपचारका लागि अस्पतालतर्फ ल्याउने क्रममा बाटोमै मृत्यु भएको थियो । मोटरसाइकल चालकलाई नियन्त्रणमा लिइएको जनाइएको छ ।

Loading...

Related News

सावधान ! अब प्रहरीलाई घुस दिन खोजे सिधै खोरमा

काठमाडौ., २२ मंसिर प्रहरीले कार्वाही गर्न खोज्यो भनेर घुस दिन खोज्नुभयो भने अब सिधै खोरमा जाकीनुपर्ने भएको छ । काठमाडौँ…

आइजिपीको सोधपुछपछि पन्तका हत्यारानजिक प्रहरी, को हुन् रावल ?

काठमाडौं, २१ मंसिर- प्रहरीले निर्मला पन्तका हत्यारानजिक पुगेको दाबी गरेको छ । भीमदत्तनगर नगरपालिका–१८ का १७ वर्षीय प्रदीप रावललाई प्रहरीले…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी