निर्मला हत्या : ४ पक्राउ, सामुहिक बलात्कारको आशंका, आइजिपी आफैं सोधपुछमा

212 Hits

काठमाडौं, २० मंसिर ।
कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको सामूहिक बलात्कारपछि हत्या भएको हुन सक्ने आशंका बलियो बन्दै गएको छ ।
हत्या आशंकामा चार जना पक्राउ परेपछि प्रहरी उक्त निश्कर्षमा पुग्न खोज्दैछ । प्रहरीको पछिल्लो अनुसन्धानले यस्तै संकेत गरेको छ । यही आशंकामा चारजना पक्राउ परेका छन्, एक काठमाडौंमा र तीन महेन्द्रनगरमा ।

सामूहिक बलात्कारपछि हत्या गरेको आशंकामा निर्मलाका छिमेकी प्रदीप रावल काठमाडौंमा पक्राउ परेका हुन् । उनलाई महानगरीय प्रहरी वृत्त महाराजगन्जमा राखिएको छ । त्यस्तै, अन्य तीनजनालाई महेन्द्रनगरमै पक्राउ गरिएको हो । उनीहरू सबैजना लागुऔषध दुर्व्यसनी रहेको र केहीले अपराध स्वीकार गरेको प्रहरी स्रोत बताउँछ । तर, डिएनए परीक्षणबाट पुष्टि नभएसम्म औपचारिक विवरण सार्वजनिक नगर्ने प्रहरीले जनाएको आजको नयाँ पत्रिकामा समाचार छ  ।

केही युवकले गल्ती आफूहरूले गरेको, तर प्रहरीले अरूलाई दुःख दिएको भन्दै आपसमा कुरा गरेको स्थानीयले सुनेका थिए । तिनै स्थानीयले त्यससम्बन्धी सूचना प्रहरीलाई दिएका थिए । तर, त्यतिन्जेलसम्म चारैजना भारत गएका थिए । चारैजनाको स्केच बनाउन महानगरीय अपराध महाशाखाबाट एक प्रहरीलाई कञ्चनपुर लगिएको थियो । पिछा गर्दै जाँदा प्रदीपलाई काठमाडौंमा र अरूलाई महेन्द्रनगरमा समातिएको प्रहरी स्रोतले जनाएको छ ।

प्रदीपसँग सोधपुछपछि अन्य तीनजनालाई महेन्द्रनगरमा प्रहरीले पक्राउ गरेको हो । ‘अहिलेसम्मको सोधपुछमा उनीहरूको संलग्नताको धेरै आधार देखिन्छ,’ अनुसन्धानमा आबद्ध एक प्रहरी अधिकारीले भने, ‘तर, प्राविधिक पक्ष केलाउन बाँकी छ ।’ चारै जनाको डिएनए परिक्षणको प्रक्रिया सुरु भइसकेको प्रहरी स्रोत बताउँछ ।

घटनालगत्तै उनीहरू महेन्द्रनगरमा बस्न छाडे

घटनालगत्तै उनीहरू महेन्द्रनगरमा बस्न छाडेका थिए । प्राय उनीहरू भारत बस्थे चारमध्ये केही विगतमा पनि अपराधिक गतिविधिमा संलग्न भएको समेत प्रहरी स्रोत बताउँछ ।

लागूऔषध दुर्व्यसनीहरू नियमित गइरहने क्षेत्रमा निर्मलाको शव भेटिएको थियो । पक्राउ परेकाहरू पनि लागूऔषध दुर्व्यसनी भएकाले उनीहरूको संलग्नताको सम्भावना रहेको प्रहरी स्रोत बताउँछ ।

काठमाडौंमा पक्राउ परेका प्रदीपको घर निर्मलाको घरबाट करिब तीन किलोमिटर दुरीमा पर्दछ । लामो समयदेखि लागूऔषध दुर्व्यसनी भएको र उनका बुबा–आमा समेत भारतमा बस्दै आएको सिआइबीका एक अधिकारीले बताए ।

आइजिपी आफैं सोधपुछमा
निर्मला प्रकरणले प्रहरी नेतृत्वमाथि कति धेरै दबाब बढाएको छ भने प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल आफैंले सोधपुछमा खटिएका छन् । काठमाडौंमा पक्राउ परेका युवकमाथि सोधपुछ गर्न महानिरीक्षक खनाल आफैं सिआईबीमा पुगेको स्रोत बताउँछ ।

घटनामा उनको प्रबल सम्भावना रहेको ब्रिफिङका आधारमा उनी आफैं सोधपुछका खटिएका हुन् । विगतमा सिआईबीबाट भएको अनुसन्धान विवादमा परेकाले पनि आइजिपी आफैं खटिएका हुन् ।सोधपुछका क्रममा उनको संलग्नताको धेरै क्लुहरू मिलेको प्रहरी स्रोत बताउँछ ।

Loading...

Related News

काठमाडौंमा सिरिञ्ज आतंक मच्चाउने १ युवा पक्राउ, ‘रहेछ ढलान काँटी’

काठमाडौं, १३ असार ।प्रहरीले काठमाडौंको विभिन्न स्थानमा महिलामाथि सिरिञ्ज आक्रमण गरी ‘सुई आतंक’ मच्चाउने एक युवालाई पक्राउ गरी सार्वजनिक गरेको…

सडकमा पार्किङ गरिएकाे गृहका सह–सचिवको गाडीमा लक, ट्राफिकलाइ उल्टै धम्की

काठमाडौं, ११ असार । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएका प्रहरी जवानले गृह मन्त्रालयका सह–सचिव रामकृष्ण सुवेदीको गाडीमा लक लगाएका छन्…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का