आज स्वरसम्राट नारायण गोपालको २८ औँ स्मृति दिवस

32 Hits

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रका स्वरसम्राट नारायण गोपालको आज २८ औ स्मृति दिवस । उनको सम्झनामा बुधबार विभिन्न कार्यक्रम गरि स्मृति दिवस मनाइदैँछ । नेपाली संगीतलाई फरक धारमा प्रस्तुत गरी कालजयी गीत गाउने सुमधुर स्वरका धनी नारायण गोपालका गीतहरु आज पनि सबैको रोजाइ बन्ने गरेको छ ।

‘स्वर्गकी रानी, मायाकी खानी’, ‘आँखाको भाका आँखैले’, ‘मलाई नसोध कहाँ दुख्छ घाउ’ जस्ता सयौं कालजयी गीत गाएका सुमधुर स्वरका धनी नारायणगोपाल गुरुवाचार्यको जन्म विक्रम संवत १९९६ साल असोज १८ गते काठमाडौंको किलागलमा भएको थियो ।

उनले २०२३ सालमा रेडियो नेपालबाट सर्वोत्कृष्ट संगीतकार पुरस्कार, २०२४ सालमा सर्वोेत्तम गायक, २०३९ सालमा रत्न रेकर्ड पुरस्कार, २०३३ सालमा गोरखा दक्षिण बाहु चौथो, २०४० सालमा इन्द्रराज्यलक्ष्मी प्रज्ञा पुरस्कार, २०४४ सालमा छिन्नलता पुरस्कार, २०४५ सालमा जगदम्बा श्री, २०४७ सालमा उर्वशी रङ, २०४८ सालमा मरणप्रान्त त्रिशक्तिपट्ट तेश्रो जस्ता दर्जनौ पुरस्कार प्राप्त गरेका थिए । ‘बागीना’ पत्रिकाको सम्पादक तथा सांस्कृतिक संस्थानका महाप्रबन्धक एवं सन्चार मन्त्रालयका सल्लाहकारसमेत भएका स्वरसम्राट नारायण गोपालले २०२७ सालमा पेमलासँग बैवाहिक सम्बन्ध गाँसेका थिए । मानविकी शास्त्रमा स्नातकोत्तर गरेका गोपालको २०४७ मंसिर १९ गते अर्थात आजैका दिन निधन भएको थियो । संगीतमा गाउन लगाएका उनको संगीतमा रामकृष्ण ढकालले गाएको ‘माया गर्नेको चोखो माया पनि देखियो’ चर्चित रह्यो । यो गीत सुरुमा नारायण गोपाल आफैँले गाए पनि रेकर्डिङ गर्न नपाउँदा उनको निधनपछि ढकालले गाएका थिए । यसलाई नारी स्वरमा लोचन भट्टराईले समेत गाएकी छिन ।

Loading...

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी