सम्बन्धनविरूद्द नेविसँघले लगायाे त्रिविमा ताला, के भन्छन् अखिल ?

38 Hits

काठमाडौँ, १९ मङ्सिर-
प्रमूख प्रतिपक्षी नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयको पदाधिकारी कक्षमा ताला लगाइएको छ ।

कीर्तिपुरस्थित उपकुलपति, शिक्षाध्यक्ष र योजना निर्देशनालयका प्रमुख कार्यकक्षमा नेपाल विद्यार्थी सङ्घ निकटका विद्यार्थीले ताला लगाएका हुन् । ब्याचलर अफ कम्प्युटर अप्लिकेशन (बिसिए) लगायत केही विषयमा सम्बन्धन दिँदा मापदण्ड नपु¥याई आंगिक, सामुदायिक र निजी क्याम्पसलाई सम्बन्धन दिएको विरोधमा ताला लगाउनुपरेको सङ्घका त्रिवी एकाइका जगदिश भट्टले जानकारी दिएका छन् ।

उनीहरुले यही मङ्सिर १६ गते ताला लगाएका हुन् । त्रिविले हालै ११६ क्याम्पसमा विसिएलगायत अन्य विषयमा सम्बन्धन दिएकामा त्यसको खारेजीको माग गरेका छन् । उनले सम्बन्धन दिएको विषयको खारेज नभएसम्म ताला यथावत रहने चेतावनी दिएका छन् । तालाबन्दीका कारण कामकाज रोकिएको योजना निर्देशनालयका कार्यकारी निर्देशक प्रा डा ऋदिशकुमार पोखरेलले बताए ।

विद्यार्थी संठनहरु आफ्नो मातृ पार्टीकै निर्देशन अनुसार मात्रै निर्देशीत हुने परम्परा रहीआएको भन्दै यो प्रवृत्ति पनि सरकार विरद्धमा अगाडि आएको सत्तारुढ दल नेकपा निकट विद्यार्थी संगठन पुर्व अखिल क्रान्तिकारीका अध्यक्ष रन्जीत तामाङले बताए । उनले वार्ता सम्वाद र छलफल छाडेर तालाबन्दी मात्रै गर्नु समस्याको सहि समाधान नहुने भएकाले दुबै पक्ष गम्भीर भएर समस्याको समाधानमा लाग्नुपर्ने बताए ।

अखिल क्रान्तिकारीकै महासचिव उत्तम अधिकारीले परम्परागत रुपमा विरोधमा आउनुको औचित्य नहुने बताउँदै प्रक्रियागत रुपमा आंगिक क्याम्पसलाई सम्वन्धन नदिई निजी कलेजलाई सम्वन्धन दिनु त्रिविको गल्ती भएको बताए । उनले त्रिवी स्वायत्त निकाय भएकाले सम्वन्धन दिने अधिकार भएता पनि छलफल र सम्बादमार्फत समस्याको साधान गर्न सबै पक्षलाई आग्रह गरे ।

 

Loading...

Related News

के यहि तरिकाले हुन्छ बालबालिकाकाे विकास ?

काठमाडौं, २४ मंसिर — शिक्षामा निजिकरणकाे असर बालबालिकाकाे मनाेविज्ञानमा गम्भीर असर परेकाे छ । शिक्षाकाे नाममा खाेलिएका निजी स्कुलमा विद्यार्थीले…

मन्त्री बिनाले भनिन् -‘महिलालाई आत्मनिर्भर बनाएर मात्रै समृद्धि सम्भव’

कंचनपुर, १५ मंसिर । खानेपानी मन्त्री बिना मगरले महिलाहरूलाई आत्मनिर्भर बनाएर मात्रै समृद्धि सम्भव भएको धारणा व्यक्त गरेकी छिन् ।…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी