मध्य भोटेकोशीले गर्यो यस्तो बाचा, बढ्ने भयो काम अगाडि

35 Hits

सिन्धुपाल्चोक, १९ मंसिर ।

मध्यभोटेकोशी जलविद्युत आयोजनाले निर्धारित समयभित्रै काम पूरा गर्ने र आयोजना प्रभावित स्थानीयसँग गरेका लिखित सहमती पूरा गर्ने प्रतिवद्धता जनाएपछि आयोजना निर्माणको बाँकी काम अगाडि बढ्ने संकेत देखीएको छ ।

मध्यभोटेकोशी जलविद्युत आयोजनाले स्थानीयको कुनै माग पूरा नगरेको र स्थानीय सरकारलाई बेवास्ता गरेको भन्दै बाह्रविसे नगरपालिकाले जिल्ला प्रशासन कार्यालयमा केही दिनअघि लिखित उजुरी गरेको थियो ।

जिल्ला प्रशासन कार्यालयको मध्यस्थतामा आयोजनाका प्रतिनिधि, आयोजना प्रभावित भोटेकोशी गाउँपालिका र बाह्रविसे नगरपालिकाका प्रमुख, प्रभावित क्षेत्रका स्थानीयका प्रतिनिधि लगायतसँग भएको संयुक्त छलफलपछि आयोजनाका अधिकारीहरुले माग पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । ‘आयोजनालाई तोकिएको समयमा नै पूरा गर्न हामी प्रतिवद्ध छौं, स्थानीयसँग गरेका सहमति कार्यान्वयन गर्छौं,’ मध्यभोटेकोशी जलविद्युत आयोजनाका प्रमुख मणिकुमार काफ्लेले भने ।

कतिपय निर्णय बोर्डले गर्नुपर्ने भएकाले छलफलमा उठेका सवालहरु बोर्डमा लैजाने प्रमुख काफ्लेले बताए ।

यसअघि आयोजनाले गाति, मार्मिङ, मानेश्वाँरासहित साविकका पाँच गाविसमा सामाजिक उत्तरदायित्व अन्तर्गत वार्षिक बजेट दिएर विकासका विभिन्न कामहरु गर्ने प्रतिवद्धता जनाएको थियो । तर, काम नभएकोमा स्थानीयबासी आक्रोशित छन् । – अनलाईनखबरबाट

Loading...

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी