समयमा काम नगरे अपर तामाकोसीकाे ठेक्का ताेडिन्छ : उर्जामन्त्री पुन

42 Hits

काठमाडौं, १८ मंसिर –

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले ४ सय ५६ मेगावाटको अपर तामाकोसी जलविद्युत् आयोजनाको काम समयमै पूरा नगरे टेक्सम्याको रेलवे इन्जिनियरिङ कम्पनीसँगको ठेक्का तोड्ने चेतावनी दिएका छन् ।

आयोजनाको हाइड्रो मेकानिकल सामानको आपूर्ति र जडानको जिम्मा लिएको भारतीय ठेकेदार कम्पनी टेक्सम्याको रेल्वे इन्जिनियरिङले काममा ढिलाइ गर्दा निर्माण प्रक्रिया लम्बिएको हो ।

 

आयोजनामा भएको ढिलाइका विषयमा ऊर्जासचिव अनुपकुमार उपाध्याय, विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, आयोजना प्रमुख विज्ञान श्रेष्ठ र ठेकेदार कम्पनीका प्रतिनिधिसँगको छलफलपछि मन्त्री पुनले यस्तो चेतावनी दिएका हुन् । ‘अब समयसीमामा सम्झौता हुँदैन, गुणस्तरमा पनि हामी सम्झौता गर्दैनौँ,’ मन्त्री पुनको भनाइ उद्धृत गर्दै प्रेस संयोजक रोशन पुनले भने  । आयोजनामा देखिएको समस्या समाधान गर्न मन्त्री पुनले यसअघि अनौपचारिक छलफललाई तीव्र पारेका थिए । सोमबारको छलफलमा मन्त्री पुनले निर्माण कम्पनीलाई ७ दिनभित्र काम अघि बढाउने स्पष्ट खाकासहित प्रस्तुत हुन निर्देशन दिएका छन् ।

टेक्सम्याकोका प्रतिनिधिले भने कम्पनीले काम छिटोभन्दा छिटो अघि बढाउने खाका बुझाउने प्रतिबद्धता जनाएका छन् । आयोजनाको निर्माण कार्यअनुसार ४ वटा प्याकेजमा ठेक्का लगाइएको थियो । तर, लट २ कोे हाइड्रो मेकानिकल कामअन्तर्गत जडान गर्नुपर्ने पेनस्टेक पाइपलगायत काम भारतीय उत्पादक तथा आपूर्तिकर्ता कम्पनी टेक्सम्याको रेल्वेले धेरै काम गर्न बाँकी छ । भूकम्पले आयोजनास्थलमा पुग्ने बाटो भत्काएको र हाल लामोसाँघु–जिरी सडक स्तरोन्नति गर्ने कार्यले पनि ठूला पाइपहरू लैजान नसकेको सो कम्पनीले बताउँदै आएको छ ।

आयोजनाको सुरुको लागत ३५ अर्ब २९ करोड रुपैयाँ अनुमान गरिएको थियो । तर, आयोजना निर्माण अवधि झन्डै साढे ४ वर्ष लम्बिँदा लागत झन्डै ७० अर्ब पुग्ने भएको छ । ब्याजबाहेक ४९ अर्ब २९ करोड रुपैयाँ लगानी पुग्ने भएको हो । करिब २० अर्ब रुपैयाँ ब्याज थप हुने अनुमान गरिएको छ । २०६७ साउनबाट आयोजनाको निर्माण सुरु गरिएको थियो । ०७२ असारसम्ममा आयोजना सक्ने लक्ष्य थियो । तर, अब पुनः ०७६ को कात्तिकमा सञ्चालनमा ल्याउने नयाँ लक्ष्य राखिए पनि निर्माण पूरा हुने निश्चित भने छैन ।

Loading...

Related News

उर्जामन्त्री पुन आकस्मिक नर्भीक अस्पताल भर्ना, अवस्था सामान्य

काठमाडौं, १६ कात्तिक । उर्जामन्त्री वर्षमान पुन अनन्त छातिमा दुखाई भएपछि आकस्मिक रुपमा नर्भीक अस्पताल भर्ना भएका छन् । नेकपाका…

उर्जामन्त्रीले भने-‘बुढिगण्डकी आयोजना जसरी पनि बनाउछौँ, ढुक्क भए हुन्छ’

काठमाडौं, चैत उर्जा तथा जलश्रोत मन्त्री वर्षमान पुन अनन्तले बुढिगण्डकी आयोजना कुनै पनि हालतमा सम्पन्न गरिछाड्ने बताएका छन् । बूढीगण्डकी…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी