टुंगीयो नेकपाको प्रदेश कमिटि, कोको परे हेर्नुहोस्

106 Hits

काठमाडौं, १८ मंसिर
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले सात वटै प्रदेश कमिटीहरुलाई पूर्णता दिएको छ ।
यस अघि सम्पन्न सचिवालय बैठकल सबैको नामावली टुंगो लगाएपनि ढिलो गरी सोमबार मात्रै सार्वजनीक गरिएको हो । नेकपाले कमिटिमा परेका सम्पूर्ण सदस्यहरुको नामावली पनि सार्वजनिक गरेको छ ।

गत वुधबार बसेको सचिवालय बैठकले तय गरेका सातै प्रदेश कमिटीका सदस्यहरुको नाम सार्वजनिक नेकपाले सार्वजनिक गरेको हो ।
अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले सूचीलाई अन्तिम रुप दिएपछि नाम सार्वजनिक गरिएको महासचिव विष्णु पौड्लले बताउनुभयो । एक वर्ष अगाडि नेकपा एमाले र माओवादी केन्द्रबीच एकताको औपचारिक घोषणा गरिएको थियो । सचिवालय स्थायी समिति र केन्द्रीय समितिको यस अघि सार्वजनीक भइसकेको छ । अव जिल्लास्तरको कमिटि निर्माण गरिने बताइएको छ ।

सबै कमिटिहरुमा पुर्व एमाले र माओवादी केन्द्रका तर्फबाट भनेर स्पष्ट उलेख गरिएको छ । जस अनुसार २ सय ७ सदस्यीय प्रदेश १ को कमिटीमा एमालेबाट १ सय २२ र माओवादी केन्द्रबाट ८५ परेका छन् त्यसैगरी २ सय १५ सदस्यीय प्रदेश २ को कमिटिमा एमाले र माओवादी केन्द्रबाट समान १ सय ६ र राष्ट्रिय जनता दलका ३ जना परेका छन् । यस्तै प्रदेश ३ को २ सय १७ सदस्यीय कमिटिमा एमालेबाट १ सय ६ र माओवादी केन्द्रबाट १ सय १ परेका छन् । त्यसैगरी १ सय ८७ सदस्यीय गण्डकी कमिटिमा एमालेबाट १ सय २ र माओवादी केन्द्रबाट ८५ जना परेका छन् ।
२ सय ३ सदस्यीय प्रदेश ५ को कमिटीमा एमालेबाट १ सय ६ र माओवादी केन्द्रका ९७ जना परेका छन् । कर्णाली को १ सय ७५
सदस्यीय कमिटीमा एमालेबाट ८७ र माओवादी केन्द्रबाट ८८ गरी जनाले अवसर पाएका छन् । सुदुरपश्चिमको १ सय ८३ सदस्यीय कमिटीमा एमालेबाट १ सय र माओवादी केन्द्रबाट ८३ जना परेका छन् ।

नेकपाले यसअघि नै प्रदेश कमिटीका अध्यक्ष, सचिव, इञ्चार्ज र सहइञ्चार्ज भने तोकिसकेको थियो ।
अब नेकपाले केन्द्रीय समितिका सदस्यको कार्यविभाजन, जनवर्गीय सङ्गठनको एकीकरण र जिल्ला समितिका मुख्य नेतृत्वको चयन गर्न बाँकी छ ।

Pradesh_Committee_1_7_All

 

Loading...

Related News

नेकपाले बोलायो कार्यदल सहित सचिवालय बैठक ९ गते

काठमाडौं, ६ फागुन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयले आगामी ९ गते कार्यदलसहितको बैठक आव्हान गर्ने निर्णय गरेको छ…

सत्तारुढ नेकपाको सचिवालय बैठक बालुवाटारमा : टुंगिएला एकीकरण ?

काठमाडौं, ६ फागुन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालयको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ । पार्टी एकीकरणको…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी