‘लट्ठै बनायो‘ सार्वजनिक (भिडियाेसहित)

76 Hits

काठमाडौं, १७ मंसिर ।
डा. डीआर उपध्यायको शब्द तथा सागर अधिकारी ‘शरद’को स्वर, सङ्गीत रहेको निकै राम्रो गीत ‘लट्ठै बनायो‘’ सार्वजनिक भएको छ । शाहस शाक्यको सङ्गीत संयोजन रहेको गीतको भिडियो डीआर म्युजिक युट्यु मार्फत सार्वजनिक गरिएको हो ।
सुनिल क्षेत्रीको निर्देशनमा रहेको गीतको भिडियोमा सुनिल आफैँ र अलिशा शर्मा फिचरिङ छन् । बुद्ध थापाको छायाँकन रहेको गीतको भिडियोमा विकाश ज्ञवालीको सम्पादन रहेको छ ।
डीआरको ‘नशालु’ एल्बमा रहेको यो गीत अनुसारको भिडियो पनि निर्माण भएको छ । भिडियो निकै तामझामका साथ निर्माण भएको छ ।

साहित्यकार तथा गीतकार डी.आर. उपाध्यायले केही समय अघि नेपाली एल्बम प्रकाशनमा एकैपटक सबैभन्दा धेरै एल्बम निकालेर नयाँ रेकर्ड राखेका थिए । राष्ट्रकवि माधवप्रसाद घिमिरेको हातबाट एकैपटक सात एल्बम बिमोचन गरिएको थियो ।
उनका एक उपन्यास ‘दगाबाज’सहित एल्बम ‘जखम’, ‘माउन्टेन मेलोडी’, ‘नसालु नजर’, ‘जोहो’, ‘अन्तराप’, ‘प्रतिनाद’ र ‘सहेली’ विमोचन गरिएको थियो । साहित्यकार डीआरका बिटुली, स्वार्थी, त्यागी, अपवित्र छायाँ, वज्रघात, भाग्यचक्र र अतिरिक्त जस्ता उपन्यास यसअघि नै पाठकमाझ आइसकेका छन् ।

Loading...

Related News

महकाे कमेडी, मदनकाे राेमान्स, हेर्नुस ‘शत्रुगते’ (भिडियाे)

काठमाडौं, २४ मंसिर महजोडिको निर्देशन र अभिनयमा बनेको चलचित्र शत्रुगते कमेडि र सन्देश दुबैको समिश्रण रहेको चलचित्र हो । चलचित्रमा…

रमेश खरेलले ल्याए यस्तो देशभक्तिपूर्ण गीत ..(भिडियोसहित)

रमेश खरेलले ल्याए यस्तो देशभक्तिपूर्ण गीत ..(भिडियोसहित) काठमाडौं, १४ असोज । Ramesh kharel रमेश खरेल…देशभक्ति भिडियो । Posted by Tirtha…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी