कोप २४ : तापमान वृद्धिले मानव जातीलाई हालसम्मकै धेरै खतरा

31 Hits

काठमाडौं, १७ मंसिर-
संयुक्त राष्ट्रसंघका वातावरणसम्बन्धी प्रमुखले विश्वव्यापी तापमान वृद्धिका कारण मानवजातिले हालसम्मकै सबभन्दा धेरै खतरा सामना गरिरहेको चेतावनी दिएकी छन्।

पेट्रिसिया एसपिनोसाले जलवायु परिवर्तनलाई सम्बोधन गर्न पोल्याण्डमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलन ‘कोप २४’ को उद्घाटन कार्यक्रममा सो चेतावनी दिएकी हुन्।

उनले भनिन् ‘जलवायु परिवर्तनले विश्वका विभिन्न समुदाय नराम्ररी प्रभावित भएका छन्। प्राकृतिक विपदले जताततै विनाश निम्त्याइरहेको छ। यस्तोमा जलवायु परिवर्तनको प्रभाव कम गर्न हामीले आपतकालीन कदमहरू चाल्न थाल्नु अपरिहार्य भएको छ।’

जलवायु परिवर्तनलाई सीमित पार्न आयोजित महत्त्वपूर्ण अन्तर्राष्ट्रिय सम्मेलन तोकिए भन्दा एक दिन अगाडि नै पोल्याण्डमा सुरु भएको छ। जलवायु परिवर्तनलाई सीमित पार्ने कार्यमा संलग्न चार वरिष्ठ अधिकारीहरूले पृथ्वी ग्रह चौबाटोमा आइपुगेको पोल्याण्ड सम्मेलनमा बताएका छन्।

एक दुर्लभ कदमको रूपमा हेरिएको उक्त घटनामा राष्ट्रसंघले प्रायोजन गरेको वार्ताटोलीका चार पूर्व प्रमुखहरूले निर्णायक कदमका लागि अपिल गरेका छन्।

सन् २०१५ मा प्यारिस सम्झौता भए यता जलवायु परिवर्तनसम्बन्धी सबभन्दा महत्त्वपूर्ण पहलको रूपमा पोल्याण्डको क्याटोभिट्समा आयोजित सम्मेलनलाई लिइएको छ। प्यारिस सम्झौतामा तोकिएका लक्ष्य भेट्टाउने हो भने संसारले कार्बन उत्सर्जनको मात्रामा व्यापक कटौती गर्नपर्ने विज्ञहरूले औँल्याएका छन्।- बीबीसीको सहयोगमा

Loading...

Related News

जलवायु परिवर्तनका असर मुख्य प्राथमिकतामा राखेकाे छु : मन्त्री बस्नेत

काठमाडौँ, मङ्सिर । जलवायु परिवर्तनको असरले विभिन्न क्षेत्रमा प्रत्यक्ष नकारात्मक असर बढिरहेका बेला  वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले अाफुले यश…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी