नायीका प्रियंकाले अमेरिकी गायकसँग यसरी गरे बिहे (भिडियाे)

111 Hits

बीबीसी,  १७ मंसिर ।
बलिउड अभिनेत्री प्रियंका चोपडा र अमेरिकी गायक निक जोनासले आइतवार एउटा हिन्दु परम्परा अनुसार जोधपुरको उमेद भवन प्यालेसमा विवाह गरेका छ्न्।

यसअघि आफूहरूले डिसेम्बर १ तारिखका दिन इसाई विवाह गरेको उक्त जोडीले बताएको थियो।

चोपडा र जोनासले आफ्ना साथीहरूमार्फत् एकअर्कालाई भेटेको बताइएको छ। उनीहरू सन् २०१७ को मेट गालामा पहिलोपटक सार्वजनिक रुपमा सँगै देखिएका थिए।

तर सुरुमा भने उनीहरूले आफूहरूबीचको प्रेम सम्बन्ध अस्वीकार गरेका थिए। जब सामाजिक सञ्जालमा सेलीब्रेटीहरूले उनीहरूबारे प्रतिक्रियाहरू जनाउन थाले त्यसपछि उनीहरूको सम्बन्धबारे बाहिर चर्चा हुन थालेको हो।

जब प्रियंका निकको काकाका छोराको विवाहमा सरिक भइन् त्यसपछि उनीहरूको सम्बन्ध स्पष्ट रुपमा देखापरेको थियो।

Loading...

Related News

बलिउडकी चर्चित अभिनेतृ प्रियंकालाई सडकमा एक युवकले चुम्बन खाइदिएपछि….

माघ । बलिउडकी चर्चित अभिनेतृ प्रियंका चोपडालाइ भारतका सडमा हिँडिरहेको बेला एक युवकले चुम्बन खाइदिएको तस्विर अहिले भाइरल बनेको छ…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी