विमान खरिदमा अनियमितताबारे लेखा समितिकाे ४१ लिखित प्रश्न

109 Hits

नारायण काफ्ले

काठमाडौँ, १७ मङ्सिर ।

नेपाल एयरलाइन्सको वाइडबडी खरिद प्रक्रियामाथि अनुसन्धान गरिरहेको संसद्को सार्वजनिक लेखा समितिले खरिद प्रक्रियासँग सम्बन्धित विवरण माग गर्न लिखित प्रश्न तयार पारेको छ । समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल वायुसेवा निगमसँग लिखित जवाफ माग गर्न ४१ वटा प्रश्न तयार पारेको छ । विभागीय मन्त्रालय र निगमका लागि तयार पारिएका फरक–फरक प्रश्न सोमबार सम्बन्धित निकायमा पठाइनेछ ।

समितिले विभागीय मन्त्रालयका लागि नीतिगत विषयका तीन र निगमलाई खरिद प्रक्रियासँग सम्बन्धित ३८ प्रश्न तयार पारेको स्रोतले जानकारी दियो । आवश्यकता अनुसार अन्य निकायसँग पनि थप प्रमाणका लागि जवाफ माग्ने तयारी पनि समितिको छ तर अन्य कुन–कुन निकायसँग जवाफ माग्ने यकिन भइसकेको छैन ।

स्रोतका अनुसार समितिले विभागीय मन्त्रालयलाई खरिद प्रक्रियाका नीतिगत निर्णय माग गरेको छ । तीन प्रश्नमध्ये पहिलो खरिदका नीतिगत निर्णयसँग सम्बन्धित छ । यस्तै, विमान खरिदको विवादबारे मन्त्रालयले गठन गरेको छानबिन समितिको प्रतिवेदनबारे पनि समितिले जवाफ माग गरेको छ । मन्त्रालयले विमान खरिदबारे सहसचिव वुद्धिसागर लामिछानेको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो ।

यस्तै, समितिले मन्त्रालयसँग हालै निगमले जारी गरको श्वेतपत्रबारे पनि धारणा माग गरेको छ । श्वेतपत्र अनुसार आर्थिक व्यवस्थापनका विषयलगायतका समितिले जवाफ माग गरेको हो । यस्तै, समितिले निगमलाई ३८ वटा प्रश्न तयार पारेको छ । समितिले वाइडबडी खरिद प्रक्रियामा नै सबै प्रश्नावली केन्द्रित गरेको छ । समितिले जहाजको मूल्य, स्पेसिफिकेशन, खरिदको कमिशनलगायतका फरक–फरक प्रश्न बनाएको  खबर गााेरखापत्रमाा  छ  ।

समितिले हरेक प्रश्नको पुष्टि हुने कागजात पनि सामेल गर्न जवाफ दिने निकायलाई निर्देशन दिएको छ । वाइडबडी खरिदबारे मूल्याङ्कन समिति र उपसमितिले गरेका काम कारबाही र त्यससम्बन्धी भएका निर्णय पनि माग गरेको छ । समितिले उपसमितिले गरेका काम कारबाहीबारे फरक–फरक प्रश्न बनाएको छ ।

खरिद प्रक्रियामा सुरुमा प्रस्ताव पेस गर्ने ११ कम्पनीको प्रस्ताव पनि माग गर्न लिखित प्रश्न तयार पारेको छ । प्रस्ताव मूल्याङ्कन सम्बन्धी निर्णय माग गर्न पनि समितिले प्रश्न पठाउने तयारी गरिएको छ ।

समितिले प्रत्येक पटक निगमले भुक्तानी गरेको रकमको बैंकमा दाखिला भौचर पनि जवाफमा संलग्न गर्न भनेको छ । एयरबसलाई भुक्तानी दिएको रकमको रिसिप संलग्न गर्न पनि समितिले प्रश्न सामेल गरेको छ । सप्लायर्स, कन्सोर्टियम कम्पनीको प्रोफाइल, उसले पेस गरेको कागजात र प्रस्ताव समेत समितिमा पेसका लागि प्रश्न बनाइएको छ । स्पेसिफिकेसनको विवरण तथा खरिद औचित्य पुष्टि हुने अन्य कागजात पनि माग गर्नेगरी प्रश्न बनाएको छ ।

विमानको दर्ता प्रमाणपत्र पनि माग गरिएको छ । जसमा यसअघि किनेको न्यारोबडी र अहिलेको वाइडबडी दुबैको प्रमाणपत्र पनि पठाउन समितिले प्रश्नमा उल्लेख गरेको छ । समितिले भावी आर्थिक, व्यवस्थापकीय तथा रणनीतिक साझेदार लगायतका विषयमा पनि जवाफका लागि प्रश्न तयार पारेको छ ।

समितिले यसअघि विमान खरिदका विषयमा प्रचलित कानुन अनुसार खरिद भए वा नभएको विषयमा सार्वजनिक खरिद अनुगमन कार्यालयसँग राय माग गरेको थियो । समितिले कार्यालयलाई सात दिनभित्र राय पेस गर्न निर्देशन दिएको थियो । कार्यालयले समितिलाई जवाफ पठाइसकेको छैन ।

Loading...

Related News

कूलमानले ९ अरब भ्रष्टाचार गरे : सांसद, प्रमाणित भए झुण्डिएर मर्छु : कुलमान

काठमाडौं, ७ जेठ । सांसद र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कूलमान घिसीङबीच आरोप प्रत्यारोप भएको छ । मंगलबार संघीय…

अति नै भाे : उग्रतारा मन्दिरको १५ सय राेपनी जग्गा अतिक्रमण

काठमाडाैं, २४ बैसाख-  उग्रतारा मन्दिरको जग्गा विभिन्न व्यक्तिले कब्जा गर्ने क्रम बढेको छ । पञ्चायतकालमा १७ हजार रोपनी जग्गा भएको…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी