फ्रान्समा मूल्यवृद्धिको विरोधमा चर्किएको आन्दोलन हिंसात्मक बन्दै

35 Hits

एजेन्सी । फ्रान्समा पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा चर्किएको आन्दोलन हिंसात्मक बन्दै गएको छ । प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा १ सय १० जना भन्दा बढी घाईते भएका छन् ।

प्रदर्शनका क्रममा २ सय ६० जना भन्दा बढीलाई नियन्त्रणमा लिइएको विविसीले जनाएको छ । विरोध प्रदर्शनका क्रममा आर्क डि ट्रीओम्फ स्मारक स्थलमा प्रहरी तथा प्रदर्शनकारीबीच सबैभन्दा ठूला झडपहरू भएका थिए । प्रहरीले चम्किलो पहेँलो रंगको ज्याकेट लगाएका आन्दोलन समूहका प्रदर्शनकारीहरूलाई रोक्न पानीका फोहोरा र अश्रुँग्यास प्रहार गरेका थिए । प्रदर्शनकारीले प्रहरीतर्फ ससाना ढुंगाहरू फालेका थिए अनि प्रहरीले सुरक्षाका लागि राखेका अवरोधहरुमा पहेँलो रंग पोतेका थिए ।

फ्रान्समा पछिल्लो १ वर्षमा डिजेलको मूल्य २३ प्रतिशतले बढेको छ । पेट्रोलियम पदार्थको मूल्यमा उतार–चढाव आएपनि फ्रान्समा भने मूल्य बढेपछि घटेको छैन । फ्रान्सेली राष्ट्रपति एमानुएल माक्रोँले भने सरकारले इन्धन करमा गरेको वृद्धि फिर्ता नगर्ने बताएका छन् । उनले प्रदर्शनकारीले कानुनको उल्लंघन गरेको समेत बताएका छन् । आर्क डि ट्रीओम्फजस्ता राष्ट्रिय स्मारकहरूप्रति अपमान देखाइएको कार्यले आफूलाई स्तब्ध तुल्याएको फ्रान्सेली प्रधानमन्त्री एडवार्डो फिलिपले बताएका छन् । यसअघि फ्रान्समा पेट्रोलियम पदार्थमा भएको मूल्य बृद्धिको विरोधमा नोभेम्वर १७ तारिखमा देशव्यापी प्रदर्शन भएको थियो ।

Loading...

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी