राजधानीमै १ सय विद्यार्थीलाई बाँडियो शैक्षिक सामग्री

138 Hits

काठमाडौं, मंसिर-
आफूलाई पढनको लागि खर्च पुर्याउन नसकीरहेका बेला कसैले अध्ययन सामग्री सित्तैमा दिएमा कत्तिको खुशी छाउँछ होला ? हो त्यस्तै भएको छ । काठमाडौं बालाजु स्थित बाल कल्याण आधारभूत विद्यालयका विद्यार्थीहरुलाई ।
राजधानीमै भएतापनि विभिन्न जिल्लाबाट सुकुम्वासीको रुपमा जिवन जिउन वाध्य अभिभावकका परिवारसहितका एक सय वालवालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरिएको हो । हाम्रो समृद्ध नेपाल नामक सामाजिक संस्थाले उनीहरुलाई शैक्षिक सामग्री उपलव्ध गराएको हो ।
विद्यालयमा अध्ययनरत सय विद्यार्थीहरुका लागि कापी, कलम वितरण गरिएको संस्थाकी अध्यक्ष सर्मिला बगालेले बताईन् । उनले विपन्न विद्यार्थी लाई सहयोग गर्न पाउँदा खुशी लागेेको बताईन् ।

 

कार्यक्रममा सहभागि अखिल क्रान्तिकारीका महासचिव उत्तम अधिकारीले सिर्जनात्मक र रचनात्मक कार्य गरेकोमा संस्थालाई धन्यवाद दिंदै बालबालिकाहरुलाई निर्धक्क भएर पढ्न आग्रह गरे । उनले नेपालमा दुई खालको शिक्षा प्रणाली विद्यमान भएको र आफूहरु त्यो दुईखाले शिक्षा प्रणालीको अनत्य गर्न संघर्षरत रहेको बताए।
आफ्नो विद्यालयलाई छनौट गरी निम्न आय भएका विद्यार्थीहरुका लागि शैेक्षिक सामग्री वितरण गरेकोमा आफूहरु प्रफुल्ल भएको प्रधानाध्यापक अर्जुन मुडबरीले बताए । उनले यस्तो कार्यले विद्यार्थीको वृद्धि विकास र प्रगतिमा महत्वपूर्ण भुमिका खेल्ने बताए ।

Loading...

Related News

अबैध रूपमा नदीकाे धार परिवर्तन गरी उत्खनन्, २ स्काभेटर पक्राउ

पाँँचथर, १७ माघ । फिदिम नगरपालिका–४ स्थित तमोर नदीको किनाराबाट मापदण्डविपरीत नदीजन्य सामग्री उत्खनन भएको पाइएको छ । नगरपालिकाले लगाएको…

कस्तो प्रेम : पतिकाे काजकिरिया सकेपछि पत्नीकाे अात्महत्या !

काठमाडौं, १९ पुस – छायाँनाथ रारा नगरपालिका–७ टोप्ला गाउँ निवासी एक युवाको मोटरसाईकल दुर्घटनामा मृत्यु भएपछि उनको १३ दिने काजक्रिया…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी