मन्त्री बिनाले भनिन् -‘महिलालाई आत्मनिर्भर बनाएर मात्रै समृद्धि सम्भव’

65 Hits

कंचनपुर, १५ मंसिर ।
खानेपानी मन्त्री बिना मगरले महिलाहरूलाई आत्मनिर्भर बनाएर मात्रै समृद्धि सम्भव भएको धारणा व्यक्त गरेकी छिन् ।
महिलाहरु सक्षम, सबल र आत्मनिर्भर बनाएर मात्रै सरकारले लिएको समृद्ध नेपाल सुखी नेपालीको नारा पुरा हुने उनको भनाई छ ।

व्यापार तथा निकासी प्रबर्द्धन केन्द्रले कंचनपुरको बेलौरी नगरपालिकामा शनिबार आयोजना गरेको प्राकृतिक वनस्पतिबाट बन्ने हस्तकलाका सामाग्रीहरु उत्पादन सम्बन्धि तालिम कार्यक्रमको उद्घाटन गर्दै मन्त्री मगरले महिलालाई आत्मनिर्भर बनाएर मात्रै समृद्धि सम्भव हुने बताएकी हुन् ।
उनले महिलाहरुलाई सिकाइने सीप र कलाले घरेलु उत्पादनमा टेवा पुग्ने भएकाले यस्ता तालिमले देशको विकासमा समेत योगदान पुग्न सक्ने बताइन् ।
उनले यस क्षेत्रका महिलाहरु आर्थिक रूपमा कमजोर भएको र मजदुरी गर्न छिमेकी देश भारत जानू पर्ने बाध्यता रहेकोमा आफू दुखित र चिन्तित भएको बपनि बताइन् । उनले यसको विकल्पमा यस किसिमको तालिमले महिलाहरुलाई घरमै बसी बसी आत्मनिर्भर बनाउन सक्ने भएकाले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि मन्त्री मगरले प्रतिवद्धता वयक्त गरिन् ।

कार्यक्रममा महिला उद्यमी महासंघकी संयोजक देबिका बुढाथोकीले नेपालमा घरेलु तथा हस्तकलाको क्षेत्रमा धेरै अवसरहरु रहेको बताउँदै यसको उत्पादनमा जोड दिनुपर्ने आवश्यकता रहेकोे बताउनुभयो ।
व्यापार तथा निकासी प्रबर्द्धन केन्द्रका कार्यकारी निर्देशक शरद बिक्रम राणाले महिलाहरुको सीप विकास तालिमको लागि केन्द्रको तर्फबाट सधैं सहयोग जारी राख्ने बताउनुभयो ।

कंचनपुर जिल्लामा रहेका करिब सय वटा प्रगतिशील महिला समुहका हजारौं महिलाहरु लाभान्वित हुने गरि आयोजना गरिएको तालिमको सह आयोजक प्रज्ञा स्मृति प्रतिष्ठान रहेकोे छ । १५ दिनसम्म संचालन हुने तालिमको समन्वय महिला उद्यमी महासंघले गरेको छ ।

Loading...

Related News

मेलम्चीको ढिलाइमा समस्या कहाँ हाे ? खानेपानी मन्त्रीकाे यस्तो छ संकल्प

काठमाडौं, २० मंसिर । मेलम्चीको पानी काठमाडौंमा ल्याउने र काकाकूल काठमाडौंलाई तिर्खा मेटाउने कुरा हुन थालेको करिब ३० वर्ष भयो…

मेलम्चीका गाडीहरू तत्काल फिर्ता गराउन मन्त्री मगरले गरिन् निर्देशन

काठमाडौं, १३ कार्तिक । खानेपानी मन्त्री बिना मगरले मेलम्ची खानेपानी विकास समितिका नाउँमा रहेका र अन्यत्र प्रयाेग भइरहेका विभिन्न गाडीहरु…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी