के भने विदेशी भिआइपी पाहुनाहरुले ? नेपालले भन्यो -‘हामीबाट सिक्नुस्’

53 Hits

काठमाडौं, १५ मंसिर ।
नेपालमा यतिवेला विदेशी भिआइपिको भ्रमण र आवागमनको चर्चा छ । मिडियाहरु पुरै उनीहरुकै पछि लागेका छन् । कसैले पक्षमा र कसैले विपक्षमा प्रचार गरिरहेका एशियन प्याशिफिक समिट नामको कार्यक्रममा भाग लिन आएका विदेशी भिआइपिको सुरक्षाको कारण देखाउँदै यातायातमा जोर विजोर प्रणाली नै लागु गरेपछि सरकारको चौतर्फी आलोचना समेत भयो ।


क्रिस्चियन धर्म प्रचारको लागि स्थापित संस्थाको आयोजनामा भएको कार्यक्रममा सरकारले देखाएको गतिविधि आलोचनात्मक बन्न पुगेको थियो । बौद्धमा विरोधमा उत्रिउका नेपालीहरुलाई पक्राउ गरियो भने प्मूख प्रतिपक्षी दल नेपाली कांग्रेसले संस्थागत रुपमै कार्यक्रमको विराध गर्यो र जोर विजोर अवज्ञा गर्न अपील नै गर्यो ।
नेपालका प्रधानमन्त्री केपी ओलीले हायात होटलमा कार्यक्रमको उद्घाटन गर्दै नेपालबाट शान्ति प्रक्रियाको बारेमा सबैले सिक्न सक्ने बताए ।
म्यान्माका स्टेट काउन्सिलर आङसाङ सु कीले विश्वमा दिगो विकास र शान्ति स्थापनाका लागि सहकार्यमा जोड दिइन् । उनले हरेक चुनौतीलाई अवसरका रुपमा लिई सकारात्मक सोचका साथ त्यसको सामना गर्न सक्नुपर्ने बताइन् ।

दिगो विकास, समृद्धि र शान्ति सँगसँगै स्थापित हुनुपर्ने बताउँदै उनले पारस्परिक समृद्धि, सहकार्य र मानवीयतालाई प्राथमिकता दिएर मात्रै गरीबी, अशिक्षाजस्ता एशिया प्रशान्त क्षेत्रका साझा समस्याको समाधान गर्न सकिने उल्लेख गरिन्।

सम्मेलनमा कम्बोडियाका प्रधानमन्त्री हुन सेन, भारतीय जनता पार्टीका नेता विजय जोलीलगायतले पनि सम्बोधन गरे । नेता जोलीले आफूले हरेक पटक नेपाल भ्रमणमा आउँदा भ्रातृत्वको सन्देश पाउने उल्लेख गर्दै भारत विश्वव्यापी शान्ति र विकासका लागि सहकार्य गर्न तयार रहेको बताए ।

भारतका पूर्वप्रधानमन्त्री एचडी देवेगौडाले आतङ्कवादसम्बन्धी समस्या अन्तर्राष्ट्रिय कानूनअनुसार समाधान गरिनुपर्नेमा जोड दिए ।
उनले आतङ्कवाद विश्व शान्तिका लागि सबैभन्दा ठूलो चुनौतीका रुपमा देखा परेको बताए । उनले आतङ्कवाद मानवाधिकार उल्लङ्घनको विषय भएको बताउँदै आतङ्कवादीलाई ‘बहादुर व्यक्तिका’ रुपमा हेरिनु नहुनेमा जोड दिए ।

वर्तमान र भविष्यका पुस्ताको भविष्यका सुरक्षाका लागि शान्ति अन्तरसम्बन्धित कुरा भएको र यसलाई साधारण र सरल बनाउनुपर्नेमा जोड दिँदै उनले शान्ति सर्वकालिक हुनुपर्ने र यो एक पुस्ताबाट अर्को पुस्तामा पुग्नुपर्ने धारणा राखे ।
पाकिस्तानका पूर्वप्रधानमन्त्री युसुफ रजा गिलानीले एशिया प्रशान्त क्षेत्रका अरबौँ जनताको शान्ति र विकासका लागि आतङ्कवाद प्रमुख चुनौती बनेको बताए ।
उनले सम्मेलनमा सहभागी मुलुकले द्वन्द्व निवारणलाई उच्च प्राथमिकता दिनुपर्ने बताउनुभयो । हाल पूर्व विकास र अर्थतन्त्रको केन्द्र बनेको र विश्व पूर्वतर्फ सर्दै गइरहेको उल्लेख गर्दै उनले यस क्षेत्रका जनताका लागि सम्पर्क सञ्जाल निकै महत्वपूर्ण रहेको बताए ।

समुद्रसम्मको पहुँच उनीहरूका लागि आवश्यक रहेकामा जोड दिँदै उनले भने, “‘बेल्ट एण्ड रोड’ प्रयासमा पाकिस्तान प्रवेश गरेको छ र यसले बन्दरगाह, आर्थिक क्षेत्र तथा सम्पर्क सञ्जालको विकास गर्छ ।”

आतङ्कवाद र कट्टरपना आफैँमा समस्या भएको टिप्पणी गर्दै पूर्वप्रधानमन्त्री गिलानीले यो पाकिस्तानको मात्र समस्या नभएको बताए । उनले भने, “राम्रो तालिवान वा आतङ्कवादी भन्ने हुँदैन आतङ्कवादी आतङ्कवादी नै हो । पाकिस्तानले पनि यसका लागि निकै मूल्य तिरेको छ । पचहत्तर हजार पाकिस्तानीले ज्यान गुमाएका छन् र पाकिस्तानले ३५ लाख शरणार्थीलाई शरण दिएको छ । मेरो आफ्नै छोरा पनि आतङ्कवादीबाट अपहरणमा परेका थिए ।” उनले नेपालको सुन्दरता, प्रकृति तथा नेपाली जनताको मिल्नसक्ने क्षमता आकर्षक भएको बताए ।

Loading...

Related News

विद्यार्थी सुधार्न दण्ड की पुरस्कार ? लाै पढाैं

काठमाडौं – आफू सानो हुँदा पिटाइ खाएको धेरैलाई याद हुन्छ । बालबालिकाको बानी सुधार्न अधिकांश अभिभावकले आफ्ना नानीहरूलाई कुनै न कुनै समय…

लाग्याे ईन्जिनियरलाई चुनाव, यस्ताे छ प्रगतिशील प्यानलकाे प्रतिवद्ता

काठमाडौं, २१ मंसिर – इन्जिनियरिङ पेशा अत्यन्तै व्यस्त पेशा हाे । पेशागत व्यस्तताबीच नेपालका इन्जिनियरहरू अहिले चुनावमा हाेमीएका छन् ।…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी