पाकिस्तानी पुर्व प्रधानमन्त्रीका छोरा पनि अपहरणमा !

44 Hits

काठमाडौँ, १५ मङ्सिर :

पाकिस्तानका पूर्वप्रधानमन्त्री युसुफ रजा गिलानीले एशिया प्रशान्त क्षेत्रका अरबौँ जनताको शान्ति र विकासका लागि आतङ्कवाद प्रमुख चुनौती बनेको बताउनुभएको छ ।

एशिया प्रशान्त शिखर सम्मेलनलाई आज सम्बोधन गर्दै उहाँले सम्मेलनमा सहभागी मुलुकले द्वन्द्व निवारणलाई उच्च प्राथमिकता दिनुपर्ने बताउनुभयो । हाल पूर्व विकास र अर्थतन्त्रको केन्द्र बनेको र विश्व पूर्वतर्फ सर्दै गइरहेको उल्लेख गर्दै उहाँले यस क्षेत्रका जनताका लागि सम्पर्क सञ्जाल निकै महत्वपूर्ण रहेको बताउनुभयो ।

समुद्रसम्मको पहुँच उनीहरूका लागि आवश्यक रहेकामा जोड दिँदै उहाँले भन्नुभयो, “‘बेल्ट एण्ड रोड’ प्रयासमा पाकिस्तान प्रवेश गरेको छ र यसले बन्दरगाह, आर्थिक क्षेत्र तथा सम्पर्क सञ्जालको विकास गर्छ ।”

आतङ्कवाद र कट्टरपना आफैँमा समस्या भएको टिप्पणी गर्दै पूर्वप्रधानमन्त्री गिलानीले यो पाकिस्तानको मात्र समस्या होइन भन्नुभयो । उहाँले भन्नुभयो, “राम्रो तालिवान वा आतङ्कवादी भन्ने हुँदैन आतङ्कवादी आतङ्कवादी नै हो । पाकिस्तानले पनि यसका लागि निकै मूल्य तिरेको छ । पचहत्तर हजार पाकिस्तानीले ज्यान गुमाएका छन् र पाकिस्तानले ३५ लाख शरणार्थीलाई शरण दिएको छ । मेरो आफ्नै छोरा पनि आतङ्कवादीबाट अपहरणमा परेका थिए ।” उहाँले नेपालको सुन्दरता, प्रकृति तथा नेपाली जनताको मिल्न सक्ने क्षमता आकर्षक भएको बताउनुभयो ।

Loading...

Related News

मेक्सिकोका राष्ट्रपतिले भने–’राज्यको ऋण कम गर्न बिलासी साधन विक्री गर्छु’

काठमाडौं, २१ मंसिर । मेक्सिकोमा नयाँ राष्ट्रपतिको रुपमा चुनिएका एन्द्रेस म्यानुएल लोपेज ओब्रादोरले राष्ट्रपतिले प्रयोग गर्ने विलासी जहाज बिक्री गर्ने…

इन्धनमा मुल्यवृद्धि : हिंसात्मक प्रदर्शनपछि बल्ल बार्ता शुरु

एजेन्सी, पेरिस, १७ मङ्सिर – फ्रान्सको राजधानीमा भएको हिंसात्मक प्रदर्शनपछि बल्ल सरकारले वार्ता गर्ने तत्परता देखाएको छ । फ्रान्सेली प्रधानमन्त्री…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी