घरकै धारामा पानी आएपछि दुप्चेश्वरमा आयो खुशी

31 Hits

नुवाकोट, १५ मङ्सिर –

एक गाग्री पानी ल्याउन घण्टौँ समय बिताउनुपर्ने बाध्यतामा रहेका नुवाकोट दुप्चेश्वर गाउँपालिका–५ बालकुमारीकी कृष्णकुमारी लामा अहिले घरमै धारामा पानी आउँदा खुशीले गद्गद् भएकीछिन् । खानेपानीको समस्या झेल्दै आएका स्थानीयवासीलाई लक्षित गरी खानेपानी आयोजना सम्पन्न भएपछि ७६ घरधुरीका वासिन्दामा यस्तै खुशीयाली छाएको छ ।

तेम्माङसिम सूर्यडाँडा खानेपानी तथा सरसफाइ परियोजनाबाट स्थानीय तेम्माङको मुहानबाट पानी ल्याई दुई ठूला ट्याङ्कीबाट ४६ वटा धारामा पानी वितरण गरिएको छ । स्थानीयवासीको श्रमदानसहित कूल रु ३२ लाखको लागतमा सम्पन्न सो परियोजना हिजो एक समारोहबीच गाउँपालिकालाई हस्तान्तरण गरिएको छ ।

सो अवसरमा गाउँपालिकाका अध्यक्ष योगेन्द्रसिंह तामाङले वर्षौंदेखि खानेपानीको समस्या झेल्दै आएका जनतालाई खानेपानी सुविधा दिएर सहयोगी संस्थाले स्थानीय सरकारलाई सफल तुल्याउन सहयोग गरेको भन्दै आगामी दिनमा पनि यस्तै रचनात्मक सहयोगका लागि आग्रह गर्नुभयो ।

आइआरएनका राष्ट्रिय प्रतिनिधि तल्ला जमानले स्वास्थ्य र खानेपानीजस्तो आधारभूत क्षेत्रमा सहयोग गर्न पाएकामा खुशी व्यक्त गर्दै खानेपानी आयोजनाको दिगो सञ्चालन भएमा जिल्लाका अन्यत्र पनि परियोजना सञ्चालन गर्न सकिने धारणा राख्नुभयो ।

बतास फाउण्डेशनका उपाध्यक्ष विद्याभूषण ब्रजाचार्यले भूकम्पलगत्तै पनि स्थानीय जनतालाई लत्ता कपडालगायत राहत सामग्री उपलब्ध गराइएको उल्लेख गर्दै समुदायकै मागअनुसार खानेपानी आयोजना निर्माण गरिएको बताउनुभयो ।

सो खानेपानी परियोजनाबाट सो वडामा रहेका महादेव मावि र उज्ज्वल आधारभूत विद्यालयमा बालमैत्री धारा वितरण गरिएपछि विद्यार्थीहरुलाई निकै सुविधा पुगेको तथा वडा कार्यालय र स्वास्थ्य केन्द्रमा पनि धारा जडान भएको उपभोक्ता समितिका अध्यक्ष राजु लामाले जानकारी दिनुभयो । कार्यक्रम प्रबन्धक लाकेनाथ कणेंलका अनुसार महिलाको व्यक्तिगत सरसफाइमा सुविधा पु¥याउने उद्देश्यले वडामा तीनवटा सामुदायिक स्नान गृह पनि सञ्चालन गरिएको छ ।

आइआरएन र बतास फाण्डेशनको सहकार्यमा नुवाकोटकै थानसिङमा पनि खानेपानी आयोजना सम्पन्न गरिएको छ भने रसुवामा भूकम्पपीडित झण्डै डेढ सय परिवारलाई शौचालयसहितको पक्की घर हस्तान्तरण गरिएको फाउण्डेशनकी सदस्य बिन्दु मानन्धरले बताउनुभयो ।-रासस

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी