शिक्षक महासङघकाे जुलुशमा २५ हजार सहभागी, पूरा हाेला त २६ सुत्रीय माग ?

181 Hits

काठमाडौं, १४ मंसिर  ।

नेपाल शिक्षक महासङ्घले २६ सुत्रीय माग पुरा गराउन राजधानीमा  २५ हजारकाे प्रदर्शन गरेकाे छ ।

महासँघले विद्यालय शिक्षा सञ्चालनको अधिकार स्थानीय तहलाई नदिन संविधान संशोधन हुनुपर्नेलगायत २६ सूत्रीय माग राखी आज राजधानीमा विरोध प्रदर्शन गरेको हाे ।

प्रदर्शनीमार्गस्थित वाल्मीकि क्याम्पस अगाडिबाट र्याली शुरु भई भृकुटीमण्डपमा पुगी कोणसभामा परिणत भएको कार्यक्रममा शिक्षक नेताहरुले आफूहरु र नेपाल सरकारबीच विगतमा भएको पेशागत र शैक्षिक मागहरु पूरा हुनुपर्ने बताएका छन् ।

महासङ्घका अध्यक्ष बाबुराम थापाले स्थानीय तह भर्खरै स्थापित भएको र यसको स्रोतसाधन र अनुभवका दृष्टिमा समेत विद्यालय तहको सञ्चालन र व्यवस्थापन गर्न ती तह तयार भइनसकेको बताए । संविधानअनुसार माध्यमिक तह ९कक्षा १ देखि १२ सम्म० स्थानीय तहको कार्यक्षेत्रमा राखिएको छ । उनले माविसम्म निःशुल्क र अनिवार्य हुनुपर्ने, शिक्षक सेवा आयोगलाई संवैधानिक बनाइनुपर्ने, आन्तरिक परीक्षा नदिएका वा अनुत्तीर्ण भएका अस्थायी शिक्षकलाई एकमुष्ट ‘गोल्डेन ह्याण्डसेक’ रकम दिइनुपर्ने बताए ।

प्रदर्शनमा करीब २५ हजार शिक्षक सहभागी भएको दाबी गरिएको छ ।  प्रदर्शनका कारण आज काठमाडौँ उपत्यकाका सामुदायिक विद्यालयको पठनपाठन प्रभावित भएकामा यसको साटो यही मङ्सिर २९ गते शनिबार पढाइ गरिने महासङ्घले जनाएको छ ।

गत असोज १६ गते आन्दोलन घोषणा गरेको महासङ्घले यसअघि चरणबद्धरुपमा स्थानीय तह, जिल्ला प्रशासन कार्यालय र प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाइसकेको छ ।

Loading...

Related News

मन्त्री मगरको स्वागतयोग्य काम : एसएसबीद्वारा हत्या गरिएका शहीद गौतमका तीन छोरीलाई काठमाडौंमा भर्ना

– प्रकाश सिलवाल/ काठमाडौँ, ५ जेठ- ‘यी नानीहरुलाई राम्रोसँग हेर्नुहोला’ शहीद गोविन्द गौतमका तीन छोरीलाई भर्ना गराएर खाजा खाँदै गर्दा…

हाेसियार ! सानै उमेरमा बच्चालाई स्कुल पठाउनु धेरै घातक

काठमाडौँ, ५ जेठ । बालबालिका बदलिएका छैनन् तर उनीहरूबाट गरिने हाम्रा अपेक्षा भने बढेका बढ्यै छन् । उनीहरूलाई सानो उमेरमा…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी