कम्बोडियाका प्रधानमन्त्रीले गरे पाटन दरबार स्क्वायरको भ्रमण

32 Hits

काठमाडौँ । कम्बोडियाका प्रधानमन्त्री हुन सेनले पाटन दरबार क्षेत्रको भ्रमण गरेका छन् । एसिया प्यासिफिक समिटमा भाग लिन आएका प्रधानमन्त्री सेनले शुक्रबार बिहान ऐतिहासिक तथा पुरातात्विक महत्वको पाटन दरबार क्षेत्र भित्र रहेकोे कृष्ण मन्दिर, पाटन संग्राहलय र नजिकै रहेकोे हिरण्य वर्ण महाविहारको भ्रमण गरेका हुन् ।

बिहान करिब साँढे १० बजेतिर सो क्षेत्रमा पुगेका सेनलाई ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहाललगायतले स्वागत गरेका थिए ।
भ्रमणका क्रममा प्रधानमन्त्री सेनले भूकम्पले क्षति पुर्‍याएका सम्पदाहरुको पुननिर्माणबारे चासो राखेका थिए ।

प्रधानमन्त्री सेनले पाटन दरबार क्षेत्रभित्र रहेका सम्पदाहरुको रुचिपूर्वक अवलोकन गरेका थिए । भ्रमणका क्रममा प्रधानमन्त्री सेनले छैठौं शताब्दीमा निर्मित हिरण्य वर्ण महाविहारमा पुजापाठ समेत गरेको ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले जानकारी दिए ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी