सुकी काठमाडौंमा, उपप्रधानमन्त्री पोखरेलले गरे स्वागत

189 Hits

काठमाडौं, १३ मंसिर ।
म्यानमारकी विदेश मन्त्री आङ सान सुकी काठमाडौं आइपुगेकी छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा औपचारिक २ दिने भ्रमणमा लागि काठमाडौं आइपुगेकी सुकीलाई रक्षा तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले स्वागत गरे ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केहीबेरअघि उत्रिएकी उनी काठमाडौंमा हुँदा एसिया प्यासेफिक समिटमा पनि सहभागी हुने बताइएको छ ।
सुकीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्ने कार्यतालिका रहेको छ । त्यस्तै, दुई पक्षीय हितबारे प्रधानमन्त्री ओलीसँग पनि उनले वार्ता गर्ने कार्यक्रम छ। मंसिर १४ देखि १७ सम्म समिट हुँदैछ। उनी समिट सुरू भएकै दिन फर्कनेछन्।

यसअघि सन् २०१४ मा प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतमा सुकी नेपाल आएकी थिइन्। २०१५ मा भएको आमनिर्वाचनमा सुकीको पार्टी सत्तामा आएपछि सुकी पहिलो पटक नेपाल आउन लागेकी हुन्।

Loading...

Related News

बृद्वभत्ता हटाउने सरकारी तयारी ! यसाे भन्छन् सञ्चारमन्त्री

काठमाडौं, ६ बैसाख – सरकारले वृद्धभत्ता हटाउने तयारी सुरु गरेको छ। हरेक निर्वाचनमा  दलहरुको चुनावी अजेन्डा बन्दै आएको वृद्धभत्तालाई सरकारले…

प्रधानमन्त्रीले बुझाए राष्ट्रपतिलाई सरकारकाे प्रतिवेदन

काठमाडौँ, २  वैशाख ।  राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकारको आर्थिक वर्ष २०७४/७५ वार्षिक प्रतिवेदन पेश…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी