नेकपाले टुंग्यायो प्रदेश कमिटि, नामावली आज सार्वजनिक हुने

185 Hits

काठमाडौं, १३ मंसिर
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा०को सचिवालय बैठकले लामो समयपछि सातै प्रदेश कमिटीका सदस्यको नाम टुङ्गो लगाएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार साँझ बसेको बैठकले सातै प्रदेश कमिटी एकीकरणको टुङ्गो लगाएको र नामावली भने बिहीबार सार्वजनिक हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।
बैठकले यसअघि नै प्रदेश कमिटीका अध्यक्ष, सचिव, इञ्चार्ज र सहइञ्चार्ज तोकिसकेको छ। आगामी अर्को बैठकमा केन्द्रीय समितिका सदस्यको कार्यविभाजन, जनवर्गीय सङ्गठनको एकीकरण र जिल्ला समितिका मुख्य नेतृत्वको चयनको प्रक्रिया अगाडि बढाइने प्रवक्ता श्रेष्ठले जानकारी दिए। अर्को बैठकको मिति भने तय भएको छैन।

यसअघि मङ्गलबार बोलाइएको बैठक योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमका कारण स्थगित भएको थियो। पार्टी एकता भएको लामो समय भए पनि अझै तल्लो तहसम्म एकता हुन सकेको छैन।
पार्टीमा तल्लो तहसम्मको एकता प्रक्रियाले गति नलिएको, स्थायी कमिटीको बैठक नबसेको तथा सरकार र दलबीच समन्वय नभएको विषयमा आवाज उठ्दै आएको छ।
नेकपाको प्रदेश कमिटिमा पुर्व नेकपा एमालेयस अघिका परिषद सदस्य र माओवादी केन्द्रमा यस अघि केन्द्रीय समितिमा रहेका नेताहरुलाई समेटिएको बताइएको छ ।

Loading...

Related News

विचार कुनै डग्मा हाेइन परिमार्जन गर्नुपर्छ : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मदन भण्डारीले विकसित गरेका विचारलाई अझै परिमार्जन गर्दै लैजानुपर्नेमा जोड दिनु भएको छ…

लाश भेटाउने प्रत्यक्षदर्शी भन्छन्–सेनाहरुले मदन भण्डारीको लासलाई बगाउन खोजे

काठमाडौं, ३ जेठ । तत्कालीन एमालेका महासचिव रहेका मदनकुमार भण्डारी र जीवराज आश्रितको ०५० साल जेठ ३ गते आजकै दिन…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी