काङ्ग्रेसका जिल्ला सभापति ककनीमा, के गर्ला भेलाले?

38 Hits

नुुवाकोट । नेपाली काङ्ग्रेसको विधान केन्द्रित जिल्ला सभापतिहरुको भेला नुवाकोटको ककनीमा सुरु भएको छ । भेलामा पार्टीको संशोधित विधानमा केन्द्रित भएर छलफल गर्ने बताइएको छ ।

भेलामा ५८ देखि ६० जिल्ला सभापति सहभागी भइसकेका र केही जिल्लाबाट आउने क्रम जारी रहेको नुवाकोट जिल्ला सभापति जगदिशनरसिंह केसीले जानकारी दिए । त्यस्तै सरकारका काम कारबाहीका विषयमा एकढिक्का भएर प्रस्तुत हुन र प्रतिक्रिया दिन केन्द्रीय नेतृत्वलाई भेलामार्फत दबाब दिने केसीले बताए ।

राष्ट्रिय राजनीति र पार्टीभित्रका अन्य विषयमा पनि जिल्ला सभापतिहरुले बुधबार र विहीबार धारणा राख्नेछन् । बिहीबार दिउँसो ककनी घोषणापत्र जारी गरी जिल्ला सभापतिहरुको भेला सकिने केसीले जानकारी दिए । ‘विगतमा भएका गल्ती कमजोरी सबैले स्वीकार गरेर अगाडि जानुपर्छ’ केसीले भने ‘यो गुटभन्दा बाहिरको र स्वतन्त्र भेला यो । अधिकांश जिल्ला सभापतिहरुको सहभागिता हुन्छ ।’

नेपाली कांग्रेसको विधान मस्यौदा संशोधन समितिले केन्द्रीय समितिमा फरकमत सहित प्रतिवेदन पेस गरेको छ । उक्त प्रतिवेदनमा पदाधिकारीको संख्यादेखि सदस्यताका विषयसम्म फरक मत छन् । ती फरक मतका सन्दर्भमा मंगलबार नै केन्द्रीय सभापति शेरबहादुर देउवा र महामन्त्री शशांक कोइरालाले छुट्टाछुट्टै भेला गरेकै दिन जिल्ला सभापतिहरुको भेला आयोजना गरिएको हो ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी