देउवालाई परास्त गर्ने रणनीतिमा कोइराला परिवार

56 Hits

काठमाडौं । पछिल्लो केही समययता कांग्रेसमा राजनीतिक र गुटगत ध्रुवीकरणमात्रै बढेको छैन, जसरी हुन्छ १४ औं महाधिवेशनमा शेरबहादुर देउवालाई परास्त गर्ने रणनीति बनिरहेको छ । कांग्रेसमाथि आफूहरुको विरासतलाई देउवाले पल्ट्याइदिएपछि कोइराला परिवारको सक्रियतामा यसलाई पुनः ब्युत्याउन श्रृखलावद्ध छलफल भइरहेका छन् ।

देउवालाई अब हराइछाड्ने रणनीति अन्तर्गत कोइराला परिवारका तीन हस्तीहरुले असन्तुष्ट नेताहरुलाई मिलाउने गरी नियमित छलफल गरिरहेका छन् । मंगलबारमात्रै गिरिजापुत्री सुजाताले आफ्नो निवासमा सिनियरदेखि जुनियर सबै नेतालाई बोलाएर अब देउवाविरुद्ध मोर्चाबन्दी गरेर जानुपर्ने आफ्नो धारणा सुनाइन् ।

एक्लाएक्लै अघि बढेर देउवालाई परास्त गाह्रो हुने भन्दै सुजाताले देउवातिर रहेका राम्रा मान्छेसँग पनि हातेमालो गरेर जानुपर्ने बताएकी थिइन् । युवा नेताहरुलाई एक्लै नहिड्न आग्रह गर्दै सुजाताले सबै मिलेमात्र पार्टीमा देउवाको र सरकारमा केपी ओलीको शासनविरुद्ध दरिलो आवाज उठाउन सकिने बताएकी थिइन् ।

युवा नेताहरुलाई आफूतिर आकर्षित गर्ने नियत राखेर छलफलमा बोलाइए पनि उनीहरुले उल्टै पुराना नेताहरुमा लोभी, पदका भोका, अवसरवादी रहेको भन्दै यस्ता प्रवृत्ति त्यागे मात्र एक भएर अघि बढ्न सकिने बताए ।

तीन दिन पौडेल र सिटौला पक्षको फरकमतका बाबजुद पनि नेपाली कांग्रेसको विधान मस्यौदा संसोधन समितिले विधानको मस्यौदा केन्द्रीय समितिमा पेश गरेको थियो । फरक मतलाई संयोजकले प्रतिवेदनमा उल्लेख गरेर विमति नरहेको सन्देश दिए पनि पदाधिकारी नबढाउने तर, केन्द्रीय सदस्य बढाउने, क्रियाशील सदस्य हटाउनेसहितका प्रावधानमा देउवाबाहेकका पक्षको असन्तुष्टि छ ।

दुई दिनसम्म छलफल गरेपछि अब मंसिर १३ गतेको बैठकमा कसरी प्रस्तुत हुने भन्नेसहितको धारणा बनाउन आज महामन्त्री डा. शशांकको घरमा पौडेल र सिटौला पक्षको भेला बोलाइएको छ । पदाधिकारी नबढाउदाको सबैभन्दा घाटा भने पौडेल पक्षले नै बेहोर्नुपर्ने देखिन्छ । किनकी यो पक्षमा उपसभापति र महामन्त्रीमा व्यवस्थापन गर्नका लागि थुप्रै नेता लाइनमा छन् । यसकारण पनि यो पक्ष पदाधिकारी बढाउनुपर्ने पक्षमा छ ।

आखिर यो भेला किन त ? पौडेल सिटौला पक्षकै एक नेताको भनाई छ, ‘देउवाविरुद्ध हामी नै सक्रिय छौं भन्ने देखाउने र आफूहरुको विरासतलाई बल पुर्याउने नियतले कोइरालाहरु सक्रिय जस्तो देखिएका हुन् । तर, यसको मतलव अरुलाई स्थापित गराउन होइन आफैं स्थापित हुने दाउ उनीहरुमा देखिन्छ ।’

आज साढे बजेदेखि शशांकको टोखास्थित निवासमा पौडेल र सिटौला पक्षका सबै नेतालाई बोलाइएको छ । विधानका विषयमा छलफल गर्ने भनिए पनि महामन्त्रीले आफ्नो निवासमा यसरी गुटगत भेला बोलाएर सभापति देउवाविरुद्ध समानान्तर शैलीमा पार्टीमा हस्तक्षेपको संकेत पनि दिएका छन् । आफू सभापतीय प्रणालीमा विश्वास गर्ने र सभापतिलाई सहयोग गर्ने भन्दै आए पनि शशांकमा पनि १३ औं महाधिवेशनबाट सभापतिको उम्मेदवार हुने तीव्र इच्छा भने देखिन्छ । त्यसैले उनले पछिल्लो समय राजनीतिक सक्रियाता बढाएका छन् ।

अरु नेताले जस्तो देउवाविरुद्ध उनी आक्रामक छैनन । तर, सबैलाई मनाएर सबैको नेता हुन उनले खोजेको उनी निकट नेताहरु नै बताउँछन् ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी