दैलेखमा जिप दुर्घटना, पाँचको मृत्यु, छ गंभिर

44 Hits

दैलेख । सुर्खेतबाट दैलेखको ठाँटिकाँध जाँदै गरेको लु२च २२०७ नम्बरको जीप ठाँटिकाँध गाउँपालिका ३ डांग्रे भन्ने स्थानमा बुधबार बिहान जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा छ जना घाइते भएका छन् ।

दुर्घटनामा ठाटीकाँध गाउँपालिका- १ का ३० वर्षीय निर्मल बम, वडा नम्बर- २ का जीप चालक रमेश शाही, वडा नम्बर-४ की रत्ना शाही र राजेन्द्रबहादुर शाहीको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाले जानकारी दिए । बास्कोटाका अनुसार दुई जनाको घटनास्थलमै र दुई जनाको उपचारको लागि सुर्खेत लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

निजी जीप ठााटिकाँध पुग्नुभन्दा करिब एक दुई किलोमिटर बाँकी छँदा दुर्घटनामा परेको हो । जीप कच्ची सडकबाट करिब २ सय मिटर तल भीरमा खसेको छ । जीप टुक्रा टुक्रा भएको छ । दुर्घटनाको कारण खुलेको छैन । दुर्घटनामा घाइते भएका चारै जनाको अवस्था गम्भीर छ । उनीहरुलाई उपचारका लागि सुर्खेत पठाइसकिएको अधिकारी बास्कोटाले जानकारी दिए ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी