श्रमजीवि पत्रकार ऐन लागू गर्न पत्रकार महासंघ आन्दोलनमा

40 Hits

काठमाडौं । नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकार ऐन लागू नगर्ने सञ्चारमाध्यम विरुद्ध आन्दोलन गर्नेभएको छ । सरकारले पछिल्लो पटक वृद्धि गरेको २५ प्रतिशत न्यूनतम पारिश्रमिकसहित श्रमजीवी पत्रकार ऐन कार्यान्वयनका लागि महासंघले आन्दोलन गर्ने निर्णय गरेको हो । महासंघले सबै सञ्चारमाध्यमहरुलाई ऐन कार्यान्वयन गर्न र गराउन नेपाल सरकारलाई आहृवान समेत गरेको छ ।

बैठकले साना लगानीका र स्थानीय पत्रपत्रिकाहरुलाई स्थायित्व दिन लोककल्याणकारी विज्ञापनमा वृद्धि र समानुपातिक विज्ञापन नीति कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ । बैठकले स्थानीय प्रदेश सरकारहरुलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी कानुन निर्माण नगर्न आग्रह गरेको छ । स्थानीय तह र प्रदेश सरकारले आफै सञ्चारमाध्यमहरु सञ्चालन गर्ने निर्णय गरकोप्रति पनि महासंघले आपत्ति प्रकट गरेको छ ।

महासंघले मन्त्रिपरिषद्को निर्णय तत्काल सार्वजनिक नगर्ने सरकारको निर्णय जनताको सूचनाको हक र प्रेस स्वतन्त्रताविरोधी भएको निष्कर्ष निकाल्दै तत्काल त्यस्तो निर्णय फिर्ता लिन सरकारसँग माग गरेको छ ।
बैठकले महासंघका प्रदेश समितिका अध्यक्ष, महासचिव र शाखा अध्यक्षहरुको राष्ट्रिय सम्मेलन ४ र ५ पुसमा मोरङको विराटनगरमा आयोजना गर्ने निर्णय गरेको छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी