राजु कार्कीको फर्निचर उद्योगमा भिषण आगलागी, क्षणभरमै ५ करोडको क्षति

48 Hits

काठमाडौं । राजधानीको बुद्धनगरस्थित एक फर्निचर उद्योगमा भीषण आगलागी हुँदा ५ करोड बराबरको क्षति भएको छ ।

सोमबार दिउँसो राजु कार्कीको गौरीशंकर फर्निचर उद्योगमा आगलागी भएको हो । आगलगागीबाट ५ करोड बराबरको सामान नष्ट भएको उद्योगका सञ्चालक कार्कीले बताए ।

टीनले बारेर बनाइएको सो गोदाममा लागेको आगो निभाउनका लागि काठमाडौँ महानगरपालिका र भक्तपुरका गरी १० वटा दमकल प्रयोग गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए । आगलागीबाट उद्योगमा रहेका सामान पूर्ण रुपमा नष्ट भएको छ भने अहिले पनि आगो पूर्णरुपमा नियन्त्रणमा आइसकेको छैन ।

यसैगरी महानगरीय प्रहरी बृत्त वानेश्वरका डीएसपी गोविन्द काफ्लेले के कारणले आगलागी भयो भन्ने अनुसन्धान भइरहेको जानकारी दिए । उनका अनुसार घटनामा मानविय क्षति नभएपनि विस्तृत विवरण आउन बाँकी छ । आगो नियन्त्रणमा लिन बुद्धनगर क्षेत्रमा विद्युत आपुर्ति वन्द गरिएको बताइएको छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी