पुस २ गतेभित्र माग पूरा नभए आमरण अनसनमा बस्छु : डा.केसी

38 Hits

काठमाडौं । प्राध्यापक डाक्टर गोविन्द केसीले फेरि आमरण अनसन बस्ने घोषणा गरेका छन् । आफ्ना तीन बुँदे माग अघि सार्दै डा. केसीले ती माग आगामी पुस २ गतेभित्र पूरा नभए अनसनमा बस्ने घोषणा गरेका हुन् ।

त्रिवि शिक्षण अस्पतालमा सोमबार पत्रकार सम्मेलन गर्दै डा. केसीले गत साउन १० गते सरकारसँग भएको सम्झौता तत्काल कार्यान्वयन गरिनुपर्ने, निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न तत्काल पक्राउ गरि मुद्दा चलाइनुपर्ने र सरकारको निर्णय उलंघन गरी काठमाडौं विश्व विद्यालयले तोकेको शुल्क तत्काल फिर्ता लिई दोषी पदाधिकारीमाथि कारबाही गरिनुपर्ने माग गरेका छन् ।

पत्रकार सम्मेलनमा डा. केसीले जनता मुखी र विद्यार्थीमुखी शिक्षा ऐन ल्याउनका लागि बारम्बर सत्याग्रहसहितका आन्दोलन हुँदै आएको भएपनि ऐन जारी गर्ने बेला भ्रष्ट र माफियाहरुका स्वार्थका कारण जारी हुन नसकेको गुनासो गरे ।

आफ्नो साउनको सत्याग्रहका क्रममा भएको सहमतिअनुसार चिकित्सा शिक्षा विधेयकमा संशोधन हुनुपर्ने विषय उल्लेख भएको भएपनि मेडिकल माफियाको प्रभावमा परेर सरकारले ढिलासुस्ती गरिरहेको उनले आरोप लगाए । डा. केसीले शिक्षामन्त्री गिरीराज मन्त्रीसमेत माफियाको प्रभावमा परेर चिकित्सा शिक्षा आयोगको मातहतबाट मेडिकल शिक्षाको स्नातक तह मुनीको महत्वपूर्ण हिस्सा निकाल्नुपर्ने भनेर नाजायज लबिङमा लागिरहेको आरोप समेत लगाए ।

‘मन्त्रीसमेत माफिया र पार्टीको गुटको स्वार्थमका लागि नाजायज काममा संलग्न हुने हो भने पदमा रहिरहन उनी नैतिक रुपले अयोग्य छन्’, पत्रकार सम्मेलनमा केसीले भने । मन्त्रीको हर्कतले माफियाहरुको स्वार्थ पूर्ति गर्न, तीनसित लेनदेन र आफैलाई धनी बनाउन पदमा गएका हुन् कि भन्ने आशंका उत्पन्न भएको केसीको भनाई थियो ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी