नेकपाको सचिवालय बैठक आज पनि स्थगित, अर्को बैठक भोलि बस्दै

36 Hits

काठमाडौँ । आज बिहान ९ बजे बस्ने भनिएको नेकपा केन्द्रीय सचिवालयको बैठक अन्तिम समयमा आएर स्थगित भएको छ। गत शनिबार बसेको सचिवालयको बैठकले आज बैठक बस्ने र केन्द्रीय सदस्यहरुको कार्यविभाजन टुङ्ग्याउने सहमति गरेको थियो।

‘तर, अकस्मात आजको बैठक स्थगित गरियो’ नेकपाका एक नेताले भने, ‘कारण चाहिँ केहीपनि बताइएको छैन।’ आजको बैठक भोलिका लागि तय गरिएको छ, तर समय चाहिँ यकिन नगरिएको ती नेताले बताए। केन्द्रीय सदस्यहरुको कार्यविभाजन तय गर्ने अन्तिम तरखरमा रहेको नेकपाले प्रदेश कमिटीलाई पूर्णता दिनपनि अन्तिम तयारी गरेको छ।

गृहमन्त्री रामबहादुर थापा र महासचिव बिष्णु पौडेलले तयार पारेको यस सम्बन्धी प्रतिवेदनलाई सचिवालयले भोलि अन्तिम रुप दिनेछ। ‘सम्भवत भोलि नै सबै प्रदेश कमिटीहरुले पूर्णता पाउनेछन्’ ती नेताले बताए, ‘प्रतिवेदन अध्यक्षद्वयले अध्ययन गरिरहेका छन्।’

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी