पूर्वलडाकुले गृह मन्त्रालयमा आँसु झार्दै विष सेवन गरेपछि…

84 Hits

काठमाडौं,०६ मंसीर। — शान्ति सम्झौताको दिन बुधबार गृहमन्त्री रामबहादुर थापालाई भेट्न पुगेका एक पूर्वलडाकुले गृह मन्त्रालयमै विष सेवन गरी आत्महत्या प्रयास गरेका छन् ।

३५ वर्षीय कुलप्रसाद भट्टराईले बुधबार साँझ विष सेवन गरेका हुन् ।

गृहमन्त्री थापालाई भेट्न गएका सामूहिक टोलीमा उनी कार्यकक्ष प्रवेश गरेका थिए ।

द्वन्द्वकालमा आफूलाई गोली लागेको र कुनै सहयोग नपाएको भन्दै उनले आँसु झारेका थिए । खान, लाउन समस्या हुँदा पनि पार्टी र सरकारले केही नगरेको भन्दै उनले खल्तीबाट विष निकालेर सेवन गरेका थिए ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।

तत्कालै सुरक्षाकर्मीले उनलाई वीर अस्पताल पुर्याएका थिए । अस्पतालले विष सेवन गरेको पुष्टि गरेको छ । उनको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ । भट्टरार्ई पूर्वलडाकुहरूको एक समूहसँगै काठमाडौंमा बस्दै आएका छन् ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी