विद्यार्थीको अभिभावकत्व निर्वाह गर्दै प्रचण्ड : स्कुलमै जान्छन् र चासो राख्छन्

58 Hits

चितवन, ६ मंसिर
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले गतवर्ष विद्यालय भर्ना अभियानका क्रममा अभिभावकत्व ग्रहण गर्नुभएका उत्पीडित समुदायका दुई बालकको शैक्षिक प्रगतिबारे जानकारी लिनुभएको छ ।

निर्वाचन क्षेत्रका हरेक कार्यक्रममा सहभागी हुने क्रममा चितवन जाँदा अध्यक्ष प्रचण्डले अभिभावकत्व ग्रहण गर्नुभएका बालकहरु अरुण माझी र पत्रुश मुसहरको पढाइको बारेमा बारम्बार जानकारी लिने गर्नुभएको थियो ।

आज उनीहरु पढिरहेको साझापुर मावि पुगेर उहाँले आफूले अभिभावकत्व ग्रहण गरेको बालकहरुको खाजा, कपी किताव र अन्य आवश्यकीय शैक्षिक सामाग्री बारे जिज्ञासा राख्नुभयो । गतवर्ष अध्यक्ष प्रचण्डले अल्पसंख्यक मुसहर समुदायका बालबालिकाहरुका लागि देशैभरीका सबै पालिकाहरुमा खाजाको व्यवस्था गर्न रकम निकासाका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । अध्यक्ष प्रचण्डको पहलमा यस वर्षबाट मुसहर बालबालिकाका लागि देशैभर विद्यालयमा खाजाको व्यवस्थाका लागि रकम निकासा भएको छ ।

साझापुर माविको स्वर्ण महोत्सव उद्घाटन गर्न पुग्नुभएका अध्यक्ष प्रचण्डले सो अवसरमा सांसद कोषबाट २० लाख रुपैयाँ विद्यालयको गुणस्तर र भौतिक पूर्वाधारको निर्माणको लागि प्रदान गर्ने बताउनुभयो ।

Loading...

Related News

के यहि तरिकाले हुन्छ बालबालिकाकाे विकास ?

काठमाडौं, २४ मंसिर — शिक्षामा निजिकरणकाे असर बालबालिकाकाे मनाेविज्ञानमा गम्भीर असर परेकाे छ । शिक्षाकाे नाममा खाेलिएका निजी स्कुलमा विद्यार्थीले…

सम्बन्धनविरूद्द नेविसँघले लगायाे त्रिविमा ताला, के भन्छन् अखिल ?

काठमाडौँ, १९ मङ्सिर- प्रमूख प्रतिपक्षी नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयको पदाधिकारी कक्षमा ताला लगाइएको छ ।…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी