उद्वार अनुमति दिन ढिलाइले गयाे पर्यटककाे ज्यान

54 Hits

काठमाडौं, ६ मंसिर —

गृहमन्त्रालयका कर्मचारीले समयमै उद्धारका लागि अनुमति नदिँदा बुधबार डोल्पामा एक पर्यटकको मृत्यु भएको छ।

पासपोर्ट नम्बर एचके १२२४७३ भएका क्यानेडियन नागरिक र्यान्डल फेरिस बेकरको मृत्यु भएको प्रहरीले जनाएको छ।

सरकारले अनुमति दिन ढिला गरेपछि डोल्पाका प्रमुख जिल्ला अधिकारी र डीएसपीको समन्वयमा बुधबार दिउँसो २:३० बजे सिम्रिक एयर पोखराबाट उद्धारका लागि घटनास्थल पुगेको थियो। तर, सिम्रिक एयर उद्धारमा पुग्नुभन्दा पहिले नै पर्यटकको मृत्यु भइसकेको सिम्रिक एयरका अप्रेशन डाइरेक्टर क्याप्टेन एन्डीले जानकारी दिए।

क्याप्टेन एन्डीका अनुसार उद्धारमा सरकारले ढिला गरी अनुमति दिँदा विदेशी पर्यटकको मृत्यु भएको यो तेस्रो पटक हो। यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी