१८ वर्षमै सन्दीपले पाएको यो सफलता : पाकिस्तान सुपर लिगमा छनौट, ५० हजार डलर मूल्य

61 Hits

काठमाडौं, ५ मंसिर ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने १८ वर्षको उमेरै सबैभन्दा महंगो नेपाली खेलाडि बन्न सफल भएका छन् । उनी ५० हजार अमेरिकी डलर मुल्य लिएर पाकिस्तान सुपर लिगमा छनोट भएका हुन् । लिगको अक्सनमा रहेका सन्दीपलाई लाहोर कलन्दर्सले मंगलवार ५० हजार डलरमा खरिद गरेको हो। लाहोर कलन्दर्सको कप्तान चर्चित खेलाडी एबी डिभिलियर्स हुन्।


चौथो संस्करणको पाकिस्तान सुपर लिग आगामी वर्ष २०१९को फेब्रअरी १७ मा सुरु हुँदैछ। खेल एक महिनासम्म चल्नेछ। लिगमा नेपाली टिमका चर्चित बलर सोमपाल कामी पनि अक्सनमा परेका छन्। तर उनलाई यो समाचार तयार पार्दासम्म कसैले टिममा समावेश गरेको छैन्।

इन्डियन प्रमियर लिग ९आइपिएल० मा दिल्ली डेयर डेभिल्सबाट डेब्यु गरेका सन्दीपले उत्कृष्ट प्रदर्शन गरेपछि पछिल्लो समय उनलाई एक पछि अर्को सफलता मिलिरहेको छ। हाल उनी ग्लोबल टी–२० क्यानडा, क्यारेवियन प्रिमियर लिग, अफगानिस्तान प्रिमियर लिग र बिग ब्यासमा अनुबन्ध भइसकेका छन्।

Loading...

Related News

नेदरल्याण्डलाई हराउँदै एक दिवसिय क्रिकेटमा नेपाल विजयी, देशभर खुसीयाली

काठमाडौं, १९ साउन । अन्ततः नेपाल पहिलोपटक एक दिवसिय क्रिकेटमा विजयी बनेको छ । नेदरल्याण्डस्सँगको दोस्रो एक दिवसीय क्रिकेटमा नेपालले…

एक दिवसीय मान्यता प्राप्त क्रिकेट टोली स्वदेश फिर्ता, क्रिकेटप्रेमीको भव्य स्वागत

काठमाडौं, ६ चैत/ अन्तर्राष्ट्रिय क्रिकेटमा ऐतिहासिक उपलब्धि हासिल गरेका नेपाली क्रिकेट टोली आज साँझ स्वदेश फर्केको छ । जिम्बाब्वेमा सम्पन्न…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी